
,
१३ चैत २०८०,
अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा चर्च ब्वाइज क्लब काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको खेलमा चर्च ब्वाइजले न्यूरोड टिम काठमाडौंलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलका लागि सिट सुरक्षित गरेको हो ।चर्च ब्वाइजका लागि खेलको ३७ औं मिनेटमा विदेशी खेलाडी अवायुमे फाकुन्लेले सुरुआती गोल गरे । पहिलो हाफमा १–० ले अग्रता लिएको चर्च ब्वाइजले हाफपछि थप १ गोल गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको ८४ मिनेटमा न्यूरोडका लागि विदेशी खेलाडी अफिज ओलावालेले १ गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसलगत्तै चर्च ब्वाइजका लागि खेलको ८६ मिनेटमा सुरजजीउ ठकुरीले १ गोल गर्न सफल भए ।अन्तिम समय पुग्नै लाग्दा बराबरी भएपछि खेल थप रोमाञ्चक बनेको थियो । खेल बराबरी भएपछि चर्च ब्वाइज आक्रमक बन्यो । निर्धारित समयमा २–१ ले अग्रता लिएसँगै चर्च ब्वाइजले सेपिफाइनलका लागि सिट सुरक्षित गरेको हो । खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका सुरजजीउ ठकुरी घोषित हुँदै नगद १० हजार प्राप्त गरे । राष्ट्रिय जागृति क्लब ९राजा० को आयोजनामा इटहरी रंगशालामा भइरहेको प्रतियोगिताको बुधबारको पहिलो सेमिफाइनल खेल साबिक विजेता सगरमाथा युथ क्लब मोरङ र त्रिभुवन आर्मी क्लब काठमाडौँबीच हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ र सर्वाधिक गोलकर्ताले २५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिने छ ।