
१४ चैत २०८०,
अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपमा त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ ।इटहरी रंगशालामा आज भएको खेलमा साबिक विजेता सगरमाथा युथ क्लब मोरङलाई पेनाल्टी सुटआउटमा २–१ गोल अन्तरले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टीमा आर्मीले २ गोल गर्दा सगरमाथाले १ गोल मात्रै ग¥यो ।आर्मीका लागि रिपु भुलान र फत्तेमान घलेले गोल गरे । यसैगरी नवयुग श्रेष्ठ र जीतेन्द्र कार्कीको प्रहार सगरमाथाका गोल रक्षक प्रिसोले रोक्न सफल भए ।सगरमाथाका लागि भने दिवाकर चौधरीले शान्तवना गोल गरे । सगरमाथाका प्रिसो, स्टेपेन समीर विनाङ र बिजु भुजेलको प्रहार आर्मीका गोल रक्षक विकेश कुथुले रोक्न सफल भए । यसैगरी विमल घर्ती मगरको प्रहार गोल पोस्टबाहिर गयो ।आर्मी क्लब फाइनलमा प्रवेश गरेसँगै साबिकको विजेता रहेको सगरमाथा युथ क्लब घर फर्किएको छ । खेलको म्यान अफ दि म्याच आर्मीका गोल रक्षक विकेश कुथु घोषित हुँदै नगद १० हजार प्राप्त गरे । बिहीबारको अन्तिम सेमिफाइनल खेल आयोजक राष्ट्रिय जागृति क्लब र चर्च ब्वाइज क्लबबीच हुनेछ ।