
बुधबार, जेठ २४, २०८०
यतिबेला संसद्भित्र र बाहिर देशको पूर्वी नाका हुँदै बंगलादेश जोड्ने ‘काँकडभिट्टा–फूलबारी–बंगलाबन्ध’ सडक मार्गको व्यापक चर्चा छ । तर, यही रुटबाट हुँदै आएको बंगलादेशसँगको नेपाली व्यापारमाथि भारतले थालेको अवरोधबारे न सत्तापक्ष जानकार छ, न त प्रतिपक्ष नै । नेपाल–भारत–बंगलादेशबीचको त्रिदेशीय व्यापारिक केन्द्रनजिकको फूलबारी ल्यान्ड कस्टम । फाइल तस्बिर स् कान्तिपुर सन्धिविपरीत ‘ओभरलोड’ सामान बोकेको भन्दै नेपाल–भारत–बंगलादेशबीचको त्रिदेशीय व्यापारिक केन्द्रनजिकको फूलबारी ल्यान्ड कस्टमले यसै सातादेखि बंगलादेशसँगको व्यापारमा अवरोध गर्ने चेतावनी दिएको छ । भारत र बंगलादेशसहितको त्रिपक्षीय व्यापार तथा ट्रान्जिट सम्झौता ९सन्धि० पछि ०५४ भदौ १४ बाट सरकारले काँकडभिट्टा–फूलबारी–बंगलाबन्ध व्यापारिक मार्गबाट बंगलादेशसँग औपचारिक व्यापार थालेको थियो । व्यापार सन्धिमा नेपाल र बंगलादेशबीचको व्यापारका लागि भारतले पानीट्यांकीदेखि फूलबारीसम्मको करिब ३४ किमि सडक सुविधा उपलब्ध गराउने सम्झौता छ । तर अतिरिक्त ट्रान्जिट रुटका लागि बनाइएको मोडालिटीको चौथो बुँदामा टेकेर यतिबेला भारतले अनावश्यक बखेडा सुरु गरेको व्यवसायीहरूले जनाएका छन् । ‘यस सडकबाट चल्ने नेपाली ट्रक वा कन्टेनरको तौल १९ टनभन्दा माथि हुनुहुँदैन,’ मोडालिटीको चौथो बुँदामा भनिएको छ । सन्धिबमोजिम छचक्के ट्रकसहितको तौल १९ टन हुनुपर्ने नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड काँकडभिट्टाका प्रमुख रोमन श्रेष्ठले बताए । विगतमा छचक्के गाडी मात्रै थिए । अहिले पुराना मोडलका गाडी हराइसके । ‘१०र१२ चक्के ट्रक चलिरहेका छन्,’ श्रेष्ठले भने, ‘त्यसको क्षमता २१ टनभन्दा माथि हुन्छ ।’ भारतीय भन्सारले सन्धिविपरीत सामान बोक्ने गाडीलाई अवरोध गर्ने चेतावनीसहितको मौखिक जानकारी आइसकेको श्रेष्ठले बताए । नेपाली व्यवसायीले भने २१ टन नै बोक्न पाउनुपर्ने माग गर्दै आएका छन् । ‘अहिलेसम्म काम रोकिएको त छैन । तर भारतीय भन्सारले यसै साताबाट रोक्ने चेतावनी दिइरहेको छ,’ श्रेष्ठले भन्नुभयो ।