
मंगलबार, जेठ २३, २०८०
मंगलबार सेयर बजारको परिसूचक नेप्से २५।६६ अंक बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक १९२७ अंकमा कायम भएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ । सोमबार १ अर्ब ९७ करोडको धितोपत्र किनबेच भएकोमा मंगलबार १ अर्ब ९८ करोडको कारोबार भयो ।
कुल १८५ कम्पनीको मूल्य बढ्दा ३१ कम्पनीको घट्यो भने ४ को स्थिर रहृयो । बजारका सबै उपसमूह बढेका छन् । बैंकिङ १, विकास बैंक २७, फाइनान्स १८, होटल तथा पर्यटन २२५, जलविद्युत ७५, जीवन बीमा १५६, उत्पादन ४८, माइक्रोफाइनान्स ३२, निर्जीवन बीमा ४३१, अन्य ३ र ब्यापार उपसमूह २९ अंक बढे । न्यादी हाइड्रो पावरको मूल्य ९.८ प्रतिशत बढ्यो
