इनरुवामा दिउँसै डकैतीकाे प्रयास इनरूवा ५ बलाहामा रहेकाे जीवन बिकास लघुवित्तमा दिनदहाडै जबरजस्ती डकैतीकाे प्रयास भएकाे हाे । म्याजिक गाडीमा आएकाे हुलले कार्यालय प्रवेश गरी २ थान ल्यापटप जबर्जस्ती लिएर हिंड्ने क्रममा स्थानीयले घेरेका थिए । तत्कालै पुगेकाे प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएकाे छ । अन्य भागेका छन । उनीहरूकाे खाेजी भैरहेकाे सुनसरी प्रहरीले जनाएकाे छ । डकैती शैलीमा लुटपाटमा संलग्न समूह मनिराम ज्ञवाली नेतृत्वको लघुवित्त पीडितहरू भएकाे बुझिएको छ । ज्ञवाली नेतृत्वको संघर्ष समितिले सामूहिक ऋण मिनाहा,गरीबलाई नि:शुल्क ऋण र लघुवित्त खारेजी जस्ता माग राख्दै आएकाे छ ।