
शुक्रबार, २० पुस २०८०,
इटहरीमा रहेको अम्बेकोसी बचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष फणीन्द्रबहादुर मगर पुर्पक्षका लागि कारागार चलान भएका छन् ।जिल्ला अदालत सुनसरीमा थुनछेक बहसपछि न्यायाधीश शम्भु गौतमको एकल इजलासले उनलाई कारागार चलान गर्ने आदेश गरेको हो ।यस्तै, सहकारीका सञ्चालक समिति सदस्य शीला गजमेर पनि अदालतले तोकेको पाँच लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि कारागार चलान भएको जिल्ला अदालत सुनसरीका सूचना अधिकारी नवीन कोइरालाले जानकारी दिए ।पुर्पक्षका लागि मगरलाई झुम्का कारागार चलान गरिएको छ भने गजमेरलाई जिल्ला कारागार कार्यालय मोरङ लगिएको छ ।पक्राउ परेका लेखा सुपरीवेक्षण समितिका संयोजक राहुल अग्रवाल १० लाख र लेखा समितिकै सदस्य कुमार आले पाँच लाख धरौटी बुझाएर तारेखमा रिहा भएका छन् ।प्रदेश सहकारी रजिस्ट्रार कार्यालय इनरुवाले ठगीका बारेमा सहकारीका अध्यक्ष मगरसहित ११ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा मुद्दा दर्ता गरेपछि प्रहरीले उनीहरूलाई एक महिनाअघि पक्राउ गरिएको थियो ।११ जनाविरुद्ध प्रहरीमा ठगी मुद्दा दर्ता गरेपनि प्रहरीले भने चारजनालाई मात्र पक्राउ गरेको थियो ।सहकारीका उपाध्यक्ष देवेन्द्र बस्नेत, सदस्य मीनकुमार आले मगर, सागर राई, टेक बहादुर चर्मकार, राजकुमार तामाङ, सहकारीका व्यवस्थापक भोजकुमार आले मगर र लेखा समिति सदस्य किरण आले भने अहिलेसम्म फरार रहेका छन् ।उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरी मातहतका सम्पूर्ण युनिटहरू मार्फत खोजी गरिए पनि पक्राउ गर्न नसकेको प्रहरीले जनाएको छ सहकारी ऐन २०७४ अन्तर्गत दफा १२२ अन्तर्गत १० करोडदेखि माथि एक अर्बसम्म माग दाबी सहितको बिगो भएमा ६ वर्ष देखि ८ वर्ष सम्म कैद र बिगो बमोजिम जरिवाना गर्ने उल्लेख छ ।तपाईको प्रतिक्रिया इटहरीमा रहेको अम्बेकोसी बचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष फणीन्द्रबहादुर मगर पुर्पक्षका लागि कारागार चलान भएका छन् ।जिल्ला अदालत सुनसरीमा थुनछेक बहसपछि न्यायाधीश शम्भु गौतमको एकल इजलासले उनलाई कारागार चलान गर्ने आदेश गरेको हो ।यस्तै, सहकारीका सञ्चालक समिति सदस्य शीला गजमेर पनि अदालतले तोकेको पाँच लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि कारागार चलान भएको जिल्ला अदालत सुनसरीका सूचना अधिकारी नवीन कोइरालाले जानकारी दिए ।पुर्पक्षका लागि मगरलाई झुम्का कारागार चलान गरिएको छ ,