
शुक्रबार, ६ माघ २०७९,
इटहरीमा मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको दिक्तेल ४ का २१ वर्षीय पवन आचार्य रहेका छन् ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार गत आइतबार दिउँसोको समयमा इटहरी ५ बाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।
स्थानीय त्रिलोचन रिजालको घर अगाडि पार्किङ गरी राखेको प्र–१–०२–०४३ प ९२०९ नम्बरको मोटरसाइकलको तार चुड्याएर स्टार्ट गर्दै गरेको अवस्थामा पक्राउ गरिएको हो ।पक्राउ परेका उनीमाथि सुनसरी जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको खड्काले जानकारी दि नु भयो।