Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home समाचार

१२ औं संस्करणको प्याब्सन स्पोर्ट््स मिट सुरू

radio by radio
३ वर्ष अगाडि
in समाचार
0
१२ औं संस्करणको प्याब्सन स्पोर्ट््स मिट सुरू
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

शनिबार, ७ माघ २०७९

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

१२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट शुक्रबारबाट सुरू भएको छ ।विराटनगरस्थित सहिद मैदानमा प्रदेश १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले प्याब्सन स्पोर्ट्स मिटको उद्घाटन गरेपछि प्रतियोगिता सुरू भएको हो ।

उद्घाटनको दिन तीन वटा खेल सम्पन्न भएको छ । तीन खेल सम्पन्न हुँदा रंगेलीको बालदेवदुत विद्या मन्दिर, विराटनगरको बुढानिलकण्ड र सुन्दरहरैचा नगरपालिकाको पूर्वाञ्चल एकाडेमीले सुरूवाती अग्रता लिएको छ । शुक्रबार सम्पन्न भएको छात्रतर्फको सटपुटको फाइनलमा रंगेलीको बालदेवदुत विद्या मन्दिरका सुदिप कार्कीले स्वर्ण पदक जितेका छन् । विराटनगरको कोशी विद्या मन्दिरका युनिक मेहताले रजत र बेलबारीको माउन्ट एभरेष्ट सेकेण्डरीका प्रशान्त न्यौपानेले कास्य पदक जितेका छन् । यो प्रतियोगिताको छात्रातर्फको फाइनल शनिबार हुनेछ ।
यस्तै छात्रातर्फको लङजमको फाइनलमा विराटनगरको बुढानिलकण्ड स्कुलकी रोश्नी विश्वासले स्वर्ण, धनपालाथान गाउँपालिकाको जिवन विकास स्कुलकी रेग्मी शर्माले रजक र सुन्दरहरैचाको बालप्रतिका स्कुलकी पवित्रा भूजेलले कास्य पदक जितेकी छिन् । छात्रा तर्फको खेल हुन बाँकी छ ।

यसैगरी छात्रातर्फको ज्याबलिङ थ्रोको सम्पन्न फाइनल खेलमा सुन्दरहरैचाको पूर्वाञ्चल एकाडेमीका कृष्पा कार्कीले स्वर्ण, सुन्दरहरैचाको बालप्रतिभा स्कुलकी रेबिका श्रेष्ठले रजत र ग्रामथान गाउँपालिकाको जनक मेमोरियाल स्कुलकी अन्जु माझीले कास्य पदक जितेकी छिन् । छात्रतर्फको फाइनल शनिबार हुनेछ ।

बास्केटबलको फाइनलमा बिकेभिएम र सगरमाथा
प्याब्सन स्पोर्ट्स मिट अन्र्तगत भएको बास्केटबल प्रतियोगिताको फाइलनमा विराटनगरको सगरमाथा स्कुल र बिकेभिए पुगेको छ ।
एभरेष्ट स्कुलको खेलमैदानमा शुक्रबार भएको पहिलो खेलमा बिकेभिएमले एभरेष्ट स्कुललाई ३७ – ८ स्कोरले हराउँदै बिकेभीएम स्कुल फाइनलमा पुगेको हो । सोही दिन भएको दोस्रो खेलमा सगरमाथा स्कुलले सिद्धार्थ स्कुललाई ४२–२ स्कोरले हराउँदै सगरमाथा स्कुल फाइनलमा पुगेको छ । बास्केटबलको फाइनल शनिबार हुनेछ ।

फुटबलमा चार स्कुल सेमिमा
प्याब्सन स्पोर्ट्स मिट अन्र्गत भएको फुटबलमा चार वटा स्कुल विजयी भइ सेमिफाइनलमा पुगेको छ ।
विराटनगरको जुटमिलको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा बेलबारीको शिक्षा सन्देश स्कुलले रंगेलीको मिनी ब्याण्ड स्कुललाई १–० गोलले हराउँदै शिक्षा सन्देश सेमिफाइनलमा पुगेको हो । जितको लागि शिक्षा सन्देशका निर्णायक गोल आशिष मगरले गरे ।

सोही दिन भएको दोस्रो खेलमा सुन्दरहरैचाको ब्राइट फियुचर स्कुलले बालमिकी स्कुललाई ४ – २ गोलले हराउँदै ब्राइटफियुचर सेमिमा पुगेको छ ।
तेस्रो खेलमा सिद्धार्थ स्कुल बिजयी भयो । सिद्धार्थले मोरङ मोडल स्कुललाई ट्राइब्रेकरमा ४ – २ गोलले हराउँदै सिद्धार्थ सेमिमा पुगेको हो ।
चौथो खेलमा बेलबारीको शिक्षा सदन स्कुल सेमिमा पुगेको छ । शिक्षा सदनले सप्तकोशी स्कुललाई ३–२ गोलले हराउँदै शिक्षा सदन सेमिमा पुगेको हो ।

माघ ८ गतेसम्म संचालन हुने प्याब्सन स्पोर्ट्स मिटमा एक दर्जन खेलहरू समावेश गरिएको प्याब्सन मोरङको अध्यक्ष शितला सुब्बाले जानकारी दिइन् । स्पोर्ट्स मिटमा फुटबल, भलिबल, टेबलटेनिस, बास्केटबल, एथलेटिक्स, म्याराथुन, सटपुट, थ्रिपल जम, हाइजम, लङजम, दौडलगायतका खेलहरू रहेको छ ।

स्पोर्ट्स मिटमा मोरङ जिल्लाभरीका २२० वटा प्याब्सनमा आवद्ध विद्यार्थीहरूले भाग लिएका छन् । स्कुल तहदेखि खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले प्याब्सनले स्पोर्ट्स मिट गर्दै आएको अध्यक्ष सुब्बाले बताइन् ।

खेलकुदको विकास प्रदेश सरकार लागिपर्छ ः मुख्यमन्त्री कार्की
प्रदेश १ का मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले योजनाबद्ध तरिकाले खेलकुद क्षेत्रको विकासमा प्रदेश १ सरकार लागि परेको बताएका छन् । १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।
उनले खेलकुद महत्पूर्ण क्षेत्र भएकोले यसको विकासमा सरकार लागि पर्ने बताए । कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालले निजी क्षेत्रसँग सहकाय गरी खेलकुद क्षेत्रको विकासमा स्थानीय सरकार लागि पर्ने बताए । कार्यक्रममा प्याब्सनका प्रमुख सल्लाहकार तथा निर्वतमान अध्यक्ष टिकारम पुरीले विद्यालयस्तरदेखि खेलकुद क्षेत्रको विकास निजी क्षेत्र लागि परेको बताए । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले तीन तहको सरकारले खेलकुद क्षेत्रको विकासमा लागिपर्नुपर्ने बताए ।

Previous Post

इटहरीबाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा एक युवा
पक्राउ

Next Post

उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित

उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

What Your Legs Could Be Telling You About Your Heart Health

पोखरा विमान दुर्घटना : शव आफन्तलाई जिम्मा लगाइँदै

पोखरा विमान दुर्घटना : शव आफन्तलाई जिम्मा लगाइँदै

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.