Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home जीवन शैली

छात्रवृत्ति विवरण नबुझाउने इटहरीका दुई स्कुलको अनुमति रद्द

radio by radio
३ वर्ष अगाडि
in जीवन शैली, समाचार, स्थानीय तह
0
छात्रवृत्ति विवरण नबुझाउने इटहरीका दुई स्कुलको अनुमति रद्द
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सोमबार, साउन ०८, २०८०

इटहरी उपमहानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने दुई निजी विद्यालयको अनुमति रद्द गरेको छ । इटहरी– १० मा रहेको इटहरी नमुना स्कुल र वडा नम्बर ६ मा रहेको इटहरी चिल्ड्रेन स्कुलको अनुमति रद्द गरेको हो ।प्रचलित शिक्षा ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम पटक–पटक छात्रवृत्ति वितरणको विवरण पेस गर्न लिखित पत्राचार गरे पनि अटेर गरेपछि अनुमति रद्द गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।२०८० असार २९ गते बसेको नगर शिक्षा समितिको बैठकले समयमा छात्र वृत्तिको विवरण नबुझाउने विद्यालयको अनुमति रद्द गर्ने निर्णय गरेको थियो । गत असार २१ गते बसेको नगर शिक्षा समितिको बैठकले तोकिएको समय सीमा भित्र विवरण नबुझाउने विद्यालयलाई १ लाख जरिवाना तोकेको थियो । जरिवाना र विवरण नबुझाएपछि उपमहानगरपालिकाले दुई विद्यालयको अनुमति रद्द गरेको हो ।इटहरी नमुनाले कक्षा ६ सम्मको अनुमति लिएको थियो । चिल्ड्रेन स्कुलले कक्षा १० सम्मको अनुमति लिएको थियो । उपमहानगरपालिकाले अनुमति रद्द गरेको पत्र आइतबार विद्यालयहरुलाई पठाएको छ ।अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५ अनुसार संस्थागत विद्यालयहरूले विद्यार्थी संख्याको अनुपातमा छात्रवृत्ति प्रदान गर्नुपर्ने व्यवस्था छ । नियमानुसार छात्रवृत्ति प्रदान गरेको विवरण स्थानीय सरकार समक्ष बुझाउनुपर्छ । नियमानुसार ५ सय जनासम्म विद्यार्थी सङ्ख्या हुने विद्यालयले १० प्रतिशतलाई अनिवार्य छात्रवृत्ति दिनुपर्छ ।५ सयदेखि ८ सय जनासम्म विद्यार्थी हुनेले १२ प्रतिशत र ८ सयभन्दा माथि हुनेले १५ प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने कानुनी प्रावधान छ । बाल कक्षादेखि कक्षा १२ सम्मकै हकमा यो नियमानुसार छात्रवृत्ति दिनुपर्ने हुन्छ ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

देशभर ६८ प्रतिशत रोपाइँ, पानी नपर्दा ढिलाइ

Next Post

अदालतले  बदर गर्यो  मुख्यमन्त्री थापाको नियुक्ती

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post

अदालतले  बदर गर्यो  मुख्यमन्त्री थापाको नियुक्ती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

विराटनगरमा सिटी सफारी चालकद्वारा मार्ग अवरुद्ध

विराटनगरमा सिटी सफारी चालकद्वारा मार्ग अवरुद्ध

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्मानसहित विराटनगर परिक्रमा 

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्मानसहित विराटनगर परिक्रमा 

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.