Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home राजनीति

इटहरीमा सिसी क्यामराबाट कर्मचारीको निगरानी ,नागरिकका लागि सहायता कक्ष

radio by radio
२ वर्ष अगाडि
in राजनीति, समाचार, स्थानीय तह
0
इटहरीमा सिसी क्यामराबाट कर्मचारीको निगरानी ,नागरिकका लागि सहायता कक्ष
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

६ फागुन २०८०,

इटहरी उप महानगरपालिकाले पालिकाबाट प्रदान गर्ने सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन नीतिगत सुधारको काम थालेको छ ।
उपमहानगर र उप महानगर अन्र्तगतका सबै वडाबाट प्रवाह गर्ने सेवा सजिलै र छिट्टै प्रदान होस भनेर नीतिगत सुधार थालेको हो ।
यसका लागि उप महानगरको संरचनामा समेत परिवर्तन भएको छ । सेवाग्राहीलाई कुनै झन्झट विना छिटो छरितो र सहजढंगबाट सेवा प्रदान गर्न काम थालेको उपमहानगरपालिकाले जनाएको छ ।इटहरी उप महानगरपालिकामा अहिले १० वटा महाशाखा र ४० वटा शाखा रहेका छन् । यस्तै इटहरी उप महानगरपालिकामा २० वटा वडा कार्यालय र १५ वटा आधारभूत स्वास्थ्य केन्द्र छन् ।
उपमहानगरले नीतिगत सेवा प्रवाहलाई सहज बनाउन नीतिगत सुधार थालेसँगै सबै महाशाखा, शाखा र वडा कार्यालय समयमा कर्मचारी भेटिन थालेका छन् । उनीहरूले अलमल विना कार्य सम्पादन गर्न थालेको सेवाग्राहीले बताए ।नीतिगत सुधारसँगै पछिल्लो समय शाखा तथा महाशाखामा हुने भिडभाड पनि घटेको छ । भिडभाड हटाउने योजना सहित काम सुरु भएपछि महाशाखा र शाखहरुमा देखिने लाइन हटेको छ ।इटहरी उप महानगरपालिकामा राजश्व शाखा, घर नक्सा शाखामा सेवाग्राहीको भिड हुने गरेको थियो । अहिले ती शाखामा लाइन बिना नै पालो सिस्टममा बसेर सेवाग्राहीले सेवा पाएको बताएका छन् । इटहरी उप महानगरले अहिले अनलाइन प्रणालीबाट घर नक्सा बनाउने काम सुरु गरेको छ । यो सेवा सुरु भएसँगै कोठा कोठा चहारेर नक्सा पास गर्नु पर्ने झन्झट हटेको सेवाग्राही अनीश राईले बताए ।
इटहरी उप नगरपालिकाले यसै आर्थिक वर्षदेखि १ हजार स्क्वायर फिट भन्दा कम क्षेत्रफल भएको घरको नक्सा समेत निःशुल्क बनाउन थालेको छ इटहरी उप महानगरपालिकाले पालिकाबाट प्रदान गर्ने सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन नीतिगत सुधारको काम थालेको छ ।
उपमहानगर र उप महानगर अन्र्तगतका सबै वडाबाट प्रवाह गर्ने सेवा सजिलै र छिट्टै प्रदान होस भनेर नीतिगत सुधार थालेको हो ।
यसका लागि उप महानगरको संरचनामा समेत परिवर्तन भएको छ । सेवाग्राहीलाई कुनै झन्झट विना छिटो छरितो र सहजढंगबाट सेवा प्रदान गर्न काम थालेको उपमहानगरपालिकाले जनाएको छ ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार


इटहरी उप महानगरपालिकामा अहिले १० वटा महाशाखा र ४० वटा शाखा रहेका छन् । यस्तै इटहरी उप महानगरपालिकामा २० वटा वडा कार्यालय र १५ वटा आधारभूत स्वास्थ्य केन्द्र छन् ।
उपमहानगरले नीतिगत सेवा प्रवाहलाई सहज बनाउन नीतिगत सुधार थालेसँगै सबै महाशाखा, शाखा र वडा कार्यालय समयमा कर्मचारी भेटिन थालेका छन् । उनीहरूले अलमल विना कार्य सम्पादन गर्न थालेको सेवाग्राहीले बताए ।
नीतिगत सुधारसँगै पछिल्लो समय शाखा तथा महाशाखामा हुने भिडभाड पनि घटेको छ । भिडभाड हटाउने योजना सहित काम सुरु भएपछि महाशाखा र शाखहरुमा देखिने लाइन हटेको छ ।
इटहरी उप महानगरपालिकामा राजश्व शाखा, घर नक्सा शाखामा सेवाग्राहीको भिड हुने गरेको थियो । अहिले ती शाखामा लाइन बिना नै पालो सिस्टममा बसेर सेवाग्राहीले सेवा पाएको बताएका छन् ।
इटहरी उप महानगरले अहिले अनलाइन प्रणालीबाट घर नक्सा बनाउने काम सुरु गरेको छ । यो सेवा सुरु भएसँगै कोठा कोठा चहारेर नक्सा पास गर्नु पर्ने झन्झट हटेको सेवाग्राही अनीश राईले बताए ।
इटहरी उप नगरपालिकाले यसै आर्थिक वर्षदेखि १ हजार स्क्वायर फिट भन्दा कम क्षेत्रफल भएको घरको नक्सा समेत निःशुल्क बनाउन थालेको छ ।
उप महानगरले इन्जिनियर राखेर निःशुल्क नक्सा पास गराउन थालेपछि सेवाग्राहीलाई सहज भएको राईले बताए ।
‘एकै ठाउँबाट काम हुन थालेछ’ उनले भने, ‘घर नक्सा पास गर्न पहिले जस्तो फाइल बोकेर हिँड्न पर्ने बाध्यता हटेछ ।’
इटहरी ९ बिपी चौक घर भएका सेवाग्राही प्रभात थापाले अहिले सेवा लिन सहज रहेको बताए । उपमहानगर परिसरमा भेटिएका थापाले भने, ‘सम्बन्धित कामका लागि आवश्यक कागजपत्र साथमा छ भने छिटै काम सम्पन्न हुने रहेछ ।’
राजश्व शाखा बाट कर तिरेर फर्कँदै गरेका इटहरी ४ का सेवाग्राही दीपक सुवेदीले धेरै बेर पर्खनु नपरेको बताए ।
‘पहिले पहिले धेरै समय लाइनमा बसेर कुर्नुपथ्यो, तर आज धेरै बेर लागेन छिट्टै कर तिरियो । सजिलै भयो । ’ उनले भने ।
उपमहानगर र २० वटै वडा कार्यलय बीच अन्तर समन्वयलाई प्रभावकारी बनाईएको छ । सबै वडाबाट प्रदान गरिने सेवामा पनि सुधार आएको वडा अध्यक्षहरुले बताएका छन् ।
वडाबाट प्रदान गरिने सेवाप्रवाहलाई चुस्त दुरुस्त बनाउन सबै जनप्रतिनिधि र कर्मचारी लागिपरेको इटहरी ९ का वडाअध्यक्ष जितेन्द्र थापाले बताए ।
वडा बाट नहुने कतिपय कामलाई उपमहानगरका शाखा तथा महाशाखामा समन्वय गर्दै सेवाग्राहीलाई सेवा दिने गरेको अध्यक्ष थापाले बताए ।
कर्मचारीलाई इ हाजिरी, अनिवार्य पोसाक
प्रशासन सुधार अन्तर्गत कर्मचारीको अनिवार्य पोसाक, इ हाजिरी, कार्यालय समयको व्यवस्थापन, सिसिक्यामराको मोनिटरिङ, नागरिक सहायता कक्ष जस्ता आधारभूत पक्षमा सुधार गरिएको उपमहानगरले जनाएको छ ।
कर्मचारी व्यवस्थापनमा कडाइ गरेसँगै अहिले शतप्रतिशत कर्मचारीहरू कार्यालय पोसाकमा आउने गरेका छन् । बिहान १० ः१५ भित्रमा इ हाजिरी नगर्ने कर्मचारी गयल हुन्छन् ।
जुनसुकै तहका कर्मचारीले १० ः १५ भित्र कार्यालय प्रवेश गरी, इ हाजिरी मेसिनमा थम्पीङ गरिसक्नुपर्छ । बेलुका ५ बजे पुनः थम्पीङ गर्नुपर्छ ।
कार्यालय समयमा उपस्थित नहुने, पोसाक नलगाउने, विना जानकारी बिदा बस्ने,सेवाग्राहीको काम नगरी अल्झाउने, फिल्डमा छु भन्ने तर फिल्ड रिपोर्ट नबुझाउने कर्मचारीलाई स्पष्टीकरण सोध्ने गरिएको छ ।
आर्थिक वर्ष २०७९। ०८० मा करिब दुई सय बढी स्पष्टीकरण सोधिएको प्रशासन महाशाखाका प्रमुख संजिव कुमार खड्काले जानकारी दिए । यस्तो स्पष्टीकरण तल्लो तह देखी माथिल्लो तह सम्मका कर्मचारीलाई सोधिएको थियो ।
स्पष्टीकरण सोधेर मौका दिँदा पनि नसुध्रिएका ५ जना कर्मचारीको करार सम्झौता रद्द गरी निष्कासन गरिएको उपमहानगरले जानकारी दिएको छ ।
तर चालु आर्थिक वर्ष २०८०।०८१को साउन महिना देखी माघ महिना सम्म ४,५ वटा मात्रै स्पष्टीकरण सोध्नु परेको खड्काले बताए ।
उपमहानगरले राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने नीति पनि लिएको छ । केही दिन अघि कार्य सम्पादन मूल्याङ्कनका आधारमा उत्कृष्ट कर्मचारी घोषित गर्दै कार्यालय सहयोगी केशव कुमार कार्कीलाई नगद १ लाख रुपैयाँ सहित प्रमाण पत्र प्रदान गर्दै पुरस्कृत गरेको छ ।
यसले कर्मचारीमा थप सृजनशील भएर काम गर्ने उत्साह थपिने उपमहानगरले जनाएको छ ।
सेवाग्राहीको निवेदन लेखिदिने, चिया कफी निःशुल्क
नागरिकलाई सहजढंगबाट सेवा दिन नागरिक सहायता कक्ष स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले जानकारी दिए ।
पुस महिनाबाट नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको मेहताले बताए । आफ्ना नागरिकहरूलाई नजिकबाट सेवा दिने व्यवस्था मिलाएको मेहताको भनाई छ ।
सेवा लिन आएका कुनै पनि नागरिक अलमलिनु नपर्ने गरी व्यवस्थापन मिलाइएको उनको दाबी छ ।
सेवाग्राहीको निवेदन लेखिदिने,नबुझेको कुरा बुझाइदिने, अशक्त भए फाइल सम्बन्धित शाखामा पु¥याएर काम गरिदिने गरेको नागरिक सहायता कक्षकी कर्मचारी आरती चौधरीले बताइन् ।
आएका निवेदनहरूको दर्ता चलानी गरिदिने तथा सेवाग्राहीहरूको कागजपत्रको निःशुल्क फोटोकपी पनि गरिदिने चौधरीले बताइन् ।
माघ महिनामा मात्रै एक सय ५० बढीको निवेदन लेखिदिने तथा अन्य सेवा लिएको चौधरीले बताइन् ।
सेवा लिएका सबैको रेकर्ड पनि राख्ने गरिएको छ । निःशुल्क भएकाले फोटोकपी गर्न धेरै सेवाग्राही आउने चौधरीले सुनाइन् ।
उपमहानगरले सहायता कक्षमा निःशुल्क चिया कफी खुवाउने गरेको छ । सेवा लिन आएका सेवाग्राहीले निःशुल्क कालो चिया तथा कफी खान पाउँछन् ।
सेवाग्राही, कार्यालयका स्टाफ तथा कर्मचारी गरी दैनिक न्यूनतम २सय ५० देखी ३ सय सम्म चिया कफी खपत हुने गरेको कर्मचारीको भनाई छ ।
नागरिक सहायता कक्षमा स्तनपानको पनि छुट्टै व्यवस्था गरिएको छ । अपाङ्गता भएका सेवाग्राहीका लागि सहायता कक्षका कर्मचारीले नै फाइल सम्बन्धित शाखामा पु¥याइदिने काम गर्छन् । यसबाट अपाङ्गता भएकाहरूले सहज महसुस गरेका छन् । सुशासन अभ्यासमा डिजिटल मोनिटरिङ,इटहरी उपमहानगरपालिकाले सिसिटिभी मोनिटरिङ गर्न डिजिटल कक्ष स्थापना गरेको छ । नागरिक सहायता कक्ष भित्र छुट्टै डिजिटल कक्ष रहेको छ । उपमहानगरपालिका अन्तर्गत रहेका ९२ कार्यालयमा जोडिएका सिसिक्यामराको लिङ्क यो डिजिटल कक्षमा जोडिनेछ । यहीबाट सबै कार्यालयको निरीक्षण तथा अनुगमन गर्न सकिनेछ । २० वटा वडा कार्यालय,१० वटा महाशाखा, ४० शाखा,१५ आधारभूत स्वास्थ्य केन्द्र,४ स्वास्थ्य चौकी,२ वटा आयुर्वेद अस्पताल र इटहरी अस्पतालमा सिसिक्यामरा जडानको काम भइरहेको प्रशासन प्रमुख संजिव कुमार खड्काले जानकारी दिए । यी कार्यालयमा काम गर्ने ५ सय ९७ जना कर्मचारीहरू अव डिजिटल मोनिटरिङ हुनेछन् । केही ठाउँमा जडान भएको छ भने केही ठाउँमा जडान हुन बाँकी रहेको प्रशासन प्रमुख खड्काले बताए ।
अहिले इटहरी अस्पताल, जनता स्कुलको खेलमैदान,बसपार्क लगायत अन्य केही सार्वजनिक स्थलहरूमा जोडिएका सिसिक्यामराको लिङ्क डिजिटल कक्षमा जोडिएको छ ।
सबै ठाउँका सिसिक्यामराको लिङ्क डिजिटल कक्षमा जोडिएपछि कार्यालयमा बसी बसी अनुगमन तथा निरीक्षण गर्न सकिने उपमहानगरले जनाएको छ ।
डिजिटल प्रविधिको प्रयोगले सेवा प्रवाहको गुणस्तरका थप सुधार हुने तथा सुशासन कायम गर्न मद्दत पुग्ने विश्वास लिएको प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले बताए ।उप महानगरले इन्जिनियर राखेर निःशुल्क नक्सा पास गराउन थालेपछि सेवाग्राहीलाई सहज भएको राईले बताए । एकै ठाउँबाट काम हुन थालेछ’ उनले भने, ‘घर नक्सा पास गर्न पहिले जस्तो फाइल बोकेर हिँड्न पर्ने बाध्यता हटेछ । इटहरी ९ बिपी चौक घर भएका सेवाग्राही प्रभात थापाले अहिले सेवा लिन सहज रहेको बताए । उपमहानगर परिसरमा भेटिएका थापाले भने, ‘सम्बन्धित कामका लागि आवश्यक कागजपत्र साथमा छ भने छिटै काम सम्पन्न हुने रहेछ ।’राजश्व शाखा बाट कर तिरेर फर्कँदै गरेका इटहरी ४ का सेवाग्राही दीपक सुवेदीले धेरै बेर पर्खनु नपरेको बताए ।
‘पहिले पहिले धेरै समय लाइनमा बसेर कुर्नुपथ्यो, तर आज धेरै बेर लागेन छिट्टै कर तिरियो । सजिलै भयो । ’ उनले भने । उपमहानगर र २० वटै वडा कार्यलय बीच अन्तर समन्वयलाई प्रभावकारी बनाईएको छ । सबै वडाबाट प्रदान गरिने सेवामा पनि सुधार आएको वडा अध्यक्षहरुले बताएका छन् । वडाबाट प्रदान गरिने सेवाप्रवाहलाई चुस्त दुरुस्त बनाउन सबै जनप्रतिनिधि र कर्मचारी लागिपरेको इटहरी ९ का वडाअध्यक्ष जितेन्द्र थापाले बताए । वडा बाट नहुने कतिपय कामलाई उपमहानगरका शाखा तथा महाशाखामा समन्वय गर्दै सेवाग्राहीलाई सेवा दिने गरेको अध्यक्ष थापाले बताए । कर्मचारीलाई इ हाजिरी, अनिवार्य पोसाक प्रशासन सुधार अन्तर्गत कर्मचारीको अनिवार्य पोसाक, इ हाजिरी, कार्यालय समयको व्यवस्थापन, सिसिक्यामराको मोनिटरिङ, नागरिक सहायता कक्ष जस्ता आधारभूत पक्षमा सुधार गरिएको उपमहानगरले जनाएको छ । कर्मचारी व्यवस्थापनमा कडाइ गरेसँगै अहिले शतप्रतिशत कर्मचारीहरू कार्यालय पोसाकमा आउने गरेका छन् । बिहान १० ः१५ भित्रमा इ हाजिरी नगर्ने कर्मचारी गयल हुन्छन् । जुनसुकै तहका कर्मचारीले १० ः १५ भित्र कार्यालय प्रवेश गरी, इ हाजिरी मेसिनमा थम्पीङ गरिसक्नुपर्छ । बेलुका ५ बजे पुनः थम्पीङ गर्नुपर्छ । कार्यालय समयमा उपस्थित नहुने, पोसाक नलगाउने, विना जानकारी बिदा बस्ने,सेवाग्राहीको काम नगरी अल्झाउने, फिल्डमा छु भन्ने तर फिल्ड रिपोर्ट नबुझाउने कर्मचारीलाई स्पष्टीकरण सोध्ने गरिएको छ । आर्थिक वर्ष २०७९। ०८० मा करिब दुई सय बढी स्पष्टीकरण सोधिएको प्रशासन महाशाखाका प्रमुख संजिव कुमार खड्काले जानकारी दिए । यस्तो स्पष्टीकरण तल्लो तह देखी माथिल्लो तह सम्मका कर्मचारीलाई सोधिएको थियो ।
स्पष्टीकरण सोधेर मौका दिँदा पनि नसुध्रिएका ५ जना कर्मचारीको करार सम्झौता रद्द गरी निष्कासन गरिएको उपमहानगरले जानकारी दिएको छ ।
तर चालु आर्थिक वर्ष २०८०।०८१को साउन महिना देखी माघ महिना सम्म ४,५ वटा मात्रै स्पष्टीकरण सोध्नु परेको खड्काले बताए ।
उपमहानगरले राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने नीति पनि लिएको छ । केही दिन अघि कार्य सम्पादन मूल्याङ्कनका आधारमा उत्कृष्ट कर्मचारी घोषित गर्दै कार्यालय सहयोगी केशव कुमार कार्कीलाई नगद १ लाख रुपैयाँ सहित प्रमाण पत्र प्रदान गर्दै पुरस्कृत गरेको छ । यसले कर्मचारीमा थप सृजनशील भएर काम गर्ने उत्साह थपिने उपमहानगरले जनाएको छ ।सेवाग्राहीको निवेदन लेखिदिने, चिया कफी निःशुल्क नागरिकलाई सहजढंगबाट सेवा दिन नागरिक सहायता कक्ष स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले जानकारी दिए ।
पुस महिनाबाट नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको मेहताले बताए । आफ्ना नागरिकहरूलाई नजिकबाट सेवा दिने व्यवस्था मिलाएको मेहताको भनाई छ ।
सेवा लिन आएका कुनै पनि नागरिक अलमलिनु नपर्ने गरी व्यवस्थापन मिलाइएको उनको दाबी छ ।
सेवाग्राहीको निवेदन लेखिदिने,नबुझेको कुरा बुझाइदिने, अशक्त भए फाइल सम्बन्धित शाखामा पु¥याएर काम गरिदिने गरेको नागरिक सहायता कक्षकी कर्मचारी आरती चौधरीले बताइन् ।
आएका निवेदनहरूको दर्ता चलानी गरिदिने तथा सेवाग्राहीहरूको कागजपत्रको निःशुल्क फोटोकपी पनि गरिदिने चौधरीले बताइन् ।
माघ महिनामा मात्रै एक सय ५० बढीको निवेदन लेखिदिने तथा अन्य सेवा लिएको चौधरीले बताइन् ।
सेवा लिएका सबैको रेकर्ड पनि राख्ने गरिएको छ । निःशुल्क भएकाले फोटोकपी गर्न धेरै सेवाग्राही आउने चौधरीले सुनाइन् ।
उपमहानगरले सहायता कक्षमा निःशुल्क चिया कफी खुवाउने गरेको छ । सेवा लिन आएका सेवाग्राहीले निःशुल्क कालो चिया तथा कफी खान पाउँछन् ।
सेवाग्राही, कार्यालयका स्टाफ तथा कर्मचारी गरी दैनिक न्यूनतम २सय ५० देखी ३ सय सम्म चिया कफी खपत हुने गरेको कर्मचारीको भनाई छ ।
नागरिक सहायता कक्षमा स्तनपानको पनि छुट्टै व्यवस्था गरिएको छ । अपाङ्गता भएका सेवाग्राहीका लागि सहायता कक्षका कर्मचारीले नै फाइल सम्बन्धित शाखामा पु¥याइदिने काम गर्छन् । यसबाट अपाङ्गता भएकाहरूले सहज महसुस गरेका छन् । सुशासन अभ्यासमा डिजिटल मोनिटरिङ, इटहरी उपमहानगरपालिकाले सिसिटिभी मोनिटरिङ गर्न डिजिटल कक्ष स्थापना गरेको छ । नागरिक सहायता कक्ष भित्र छुट्टै डिजिटल कक्ष रहेको छ । उपमहानगरपालिका अन्तर्गत रहेका ९२ कार्यालयमा जोडिएका सिसिक्यामराको लिङ्क यो डिजिटल कक्षमा जोडिनेछ । यहीबाट सबै कार्यालयको निरीक्षण तथा अनुगमन गर्न सकिनेछ । २० वटा वडा कार्यालय,१० वटा महाशाखा, ४० शाखा,१५ आधारभूत स्वास्थ्य केन्द्र,४ स्वास्थ्य चौकी,२ वटा आयुर्वेद अस्पताल र इटहरी अस्पतालमा सिसिक्यामरा जडानको काम भइरहेको प्रशासन प्रमुख संजिव कुमार खड्काले जानकारी दिए । यी कार्यालयमा काम गर्ने ५ सय ९७ जना कर्मचारीहरू अव डिजिटल मोनिटरिङ हुनेछन् । केही ठाउँमा जडान भएको छ भने केही ठाउँमा जडान हुन बाँकी रहेको प्रशासन प्रमुख खड्काले बताए । अहिले इटहरी अस्पताल, जनता स्कुलको खेलमैदान,बसपार्क लगायत अन्य केही सार्वजनिक स्थलहरूमा जोडिएका सिसिक्यामराको लिङ्क डिजिटल कक्षमा जोडिएको छ । सबै ठाउँका सिसिक्यामराको लिङ्क डिजिटल कक्षमा जोडिएपछि कार्यालयमा बसी बसी अनुगमन तथा निरीक्षण गर्न सकिने उपमहानगरले जनाएको छ । डिजिटल प्रविधिको प्रयोगले सेवा प्रवाहको गुणस्तरका थप सुधार हुने तथा सुशासन कायम गर्न मद्दत पुग्ने विश्वास लिएको प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले बताए ।

Previous Post

आइसिसी विश्वकप लिग-२ को दोस्रो खेलमा नेदरल्यान्डलाई हराउदै नेपाल ९ विकेटले विजय

Next Post

इटहरीमा फागुन १० गतेदेखि क्यान इन्फोटेक, यस्तो छ खास

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post

इटहरीमा फागुन १० गतेदेखि क्यान इन्फोटेक, यस्तो छ खास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

देवानगञ्जमा गोली चल्यो, शिवकुमार गम्भीर घाइते

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.