धरान–तरहरा सडक खण्डको सेउती पुलमा गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ । लुटेरा समूहको गोली प्रहारबाट घाइते भएका विराटनगरका रोहित चौधरीको मृत्यु भएको छ।गोली लागेर सख्त घाइते भएका चौधरीलाई उपचारका लागि बीपी प्रतिष्ठान ल्याइएको थियो । उनको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको हो ।विराटनगर–५ का २८ वर्षीय चौधरीमाथि अपराह्न हतियारधारी समूहले लुटपाट गरेको थियो, लुटपाट गरिएका चौधरीको साथबाट मोबाइल र पैसा लुटेर लुटेरा फरार भएका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।घटनास्थल धरान र इटहरीको सिमा क्षेत्र हो । त्यसैले इटहरी र धरान प्रहरीले जंगलमा सर्च अप्रेशन गरिरहेको छ भने सिमा नाकामा पनि कडाईका साथ चेकजाँच भइरहेको छ । घटनास्थल चारकोशे जंगल भएकोले पनि प्रहरीले जंगलमा सर्च अभियान गरिरहेको छ ।