Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home शिक्षा

देशभर ‘विद्यालय बन्द’

radio by radio
२ वर्ष अगाडि
in शिक्षा, समाचार, स्थानीय तह
0
देशभर ‘विद्यालय बन्द’
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

भदौ ३१, २०८०,

सरकारले संघीय संसदमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका कतिपय व्यवस्थाको विरोध गर्दै देशैभरका शिक्षकहरू आन्दोलनमा उत्रने भएका छन्।विगत एक महिनादेखि स्थानीय तह र प्रदेशमा आन्दोलन गरेका शिक्षकहरूले असोज ३ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएका हुन्। मन्त्रिपरिषदबाट दुई पटक पारित भएको विधेयक संघीय संसद सचिवालयमा गत बुधबार दर्ता भएको थियो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विधेयक संसदमा दर्ता गरेका हुन्।महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले असोज ३ गतेदेखि देशैभरका विद्यालय बन्द गरेर काठमाडौं केन्द्रित आन्दोलन गर्न लागिएको बताए ।सरकारले शिक्षकहरूसँग गरेका सहमति कार्यान्वन गर्ने नदेखिएकाले विद्यालय बन्द गरेरै आन्दोलनमा उत्रन बाध्य हुनु परेको उनको भनाइ छ। विद्यालय बन्द गरेर आन्दोलन गर्नुपर्ने निर्णयमा किन पुग्नुभएको भन्ने प्रश्न महासचिव सुवेदीलाई सोध्दा उनले भने, ‘राज्यका निकायहरूसँग कति संवाद भयो, भयो। दुई पटक आन्दोलन गरियो, सरकारले सहमति गर्‍यो। तर आफूले हस्ताक्षर गरेको सहमति सरकारमा बस्नेहरूले लागु गरेनन्।’ उनले पालिका, जिल्ला र प्रदेशमा मात्र यस बीचमा केही समय आन्दोलन गरिएको बताए। प्रधानाध्यापक नियुक्ति, शिक्षक बढुवा, सरूवा र कार्यसम्पादन मूल्यांकनलगायत विषय पनि विधेयकले प्रष्ट रूपमा सम्बोधन गर्न नसकेको महासचिव सुवेदी बताउँछन्।नेपाल विद्यालय कर्मचारी परिषद, संस्थागत विद्यालय युनियन, अखिल नेपाल शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक संगठनले पनि आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

संस्थागत विद्यालय युनियनका अध्यक्ष होमकुमार थापाले विद्यालय बन्द गर्न हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि आन्दोलनमा होमिनुपर्ने बाध्यता आइपरेको बताए। विद्यार्थीको पठनपाठनमा कुनै असर पार्न हुँदैन भन्ने हेक्का हुँदाहुँदै पनि बालबालिकाकै भविष्य बनाउने कुरामा जोडिएका शिक्षकमाथि विधेयकले विभेद गरेपछि आन्दोलन गर्नुपरेको हो,’ उनले भने, ‘शिक्षकका आन्दोलनमा कसैले हस्तक्षेप गर्न हुँदैन।’ अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लच्छीराम ढकालले विधेयकले शिक्षक र कर्मचारीका पेशागत सुरक्षामा सरकार गम्भीर नभएको देखाएको बताए। विधेयक विरोधमा देशभरका करिब चार लाख भन्दा बढी शिक्षक सडकमा आउने महासंघले बताएको छ।

Previous Post

इटहरी निवासी असई श्रीकुमार बस्नेतको उदयपुरमा ट्रकको ठक्करबाट मृत्यु

Next Post

पहिचान पक्षधरको आन्दोलनको तयारी, विराटनगरमा दुई महिने निषेधाज्ञा जारी

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
पहिचान पक्षधरको आन्दोलनको तयारी, विराटनगरमा दुई महिने निषेधाज्ञा जारी

पहिचान पक्षधरको आन्दोलनको तयारी, विराटनगरमा दुई महिने निषेधाज्ञा जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

माल्दिभ्सका विद्यार्थी नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउन द्विपक्षीय सम्झौताको तयारी

कोशी प्रदेशमा बजेट शून्यता : कुन–कुन क्षेत्रमा पर्छ असर ?

कोशी प्रदेशमा बजेट शून्यता : कुन–कुन क्षेत्रमा पर्छ असर ?

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.