
१ असोज २०८०
जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा दुई महिने निषेधाज्ञा जारी गरेको छ ।पहिचान पक्षधरले आन्दोलनको तयारी गरेपछि प्रशासनले असोज १ गते बिहान ६ बजेदेखि लागू हुने गरी दुई महिनासम्म प्रदेशसभा सचिवालयबाट पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, रोडशेष चोकदेखि दक्षिण जतुवा चोक, मुख्यमन्त्री निवासको ३ सय मिटर वरपरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालयबाट ३ सय मिटर वरपर र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वका क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जारी गरेको सूचनामा निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावत बाहेक सभा, जुलुस, भेला, र्याली, धर्ना जस्ता कार्यहरु गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९३क० बमोजिम निषेध गरिएको प्रमुख जिल्ला अधिकारी यादवले जारी गरेको सूचनामा उल्लेख छ । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा दुई महिने निषेधाज्ञा जारी गरेको छ ।