
२५ असोज, २०८०
सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत१ सय ४० जना चिकित्सकले विभिन्न मागहरू राख्दै सामूहिक राजीनामा दिएका छन् । ७ वर्षदेखि रोकिएको बढुवा फुकुवा हुनुपर्ने माग गर्दै चिकित्सकहरूले सामूहिक राजीनामा दिएका हुन ।प्रतिष्ठानको प्रशासन सँग पटक पटक माग गर्दा कुनै सुनुवाइ नभएपछि सङ्घीय सरकारका स्वास्थ्य मन्त्री स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत समक्ष सामूहिक राजीनामा बुझाएका हुन । उनीहरूले मन्त्रालयमै पुगेर मन्त्री बस्नेत समक्ष राजीनामा बुझाएका सहप्राध्यापक डा। एसपी रिमालले जानकारी दिए । यता सामूहिक राजीनामा लगत्तै प्रतिष्ठान हाताभित्र स्वास्थ्य सुविधा प्रभावित बनेको छ ।