Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home जीवन शैली

इटहरी प्रवेश गर्न सिटी सफारीलाई अनिवार्य ‘टाइम कार्ड’

radio by radio
२ वर्ष अगाडि
in जीवन शैली, मल्टिमिडिया, विविध, स्थानीय तह
0
इटहरी प्रवेश गर्न सिटी सफारीलाई अनिवार्य ‘टाइम कार्ड’
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


२ पुस २०८०

इटहरी र अन्य पालिकामा दर्ता भएका तीन पाङ्ग्रे ई–रिक्सा ९सिटी सफारी० लाई इटहरी प्रवेश गर्दा अनिवार्य टाइम कार्ड लागू गरिएको छ । इटहरी क्षेत्रबाहेक आसपासका क्षेत्रमा दर्ता भएका सिटी सफारीका लागि टाइम कार्ड लागू गरेको गरिएको हो ।इटहरी उपमहानगपालिकाले सिटी सफारीलाई व्यवस्थित गर्नका लागि भदौं १७ गतेदेखि बाहिरका स्थानीय तहमा दर्ता भएकालाई सञ्चालनमा रोक लगाएको थियो । इटहरीले रोक लगाएपछि सुन्दरहरैँचासँगै आसपासका पालिका प्रमुखसँग सहमतिका साथ व्यवस्थित गर्ने निर्णय भएसँगै टाइम कार्ड लागू गरिएको हो ।
इटहरीका नगरप्रमुख हेमकर्ण पौडेलका अनुसार सिटी सफारी व्यवस्थित गर्दा शहरको सुन्दरतासँगै दुर्घटना न्यूनीकरण हुने र सडकमा सवारी आवगमनमा सहजता हुने भएकाले गर्दा टाइम कार्ड लागू गरिएको हो । ‘सिटी सफारीलाई व्यवस्थित गर्न इटहरी बाहिर दर्ता भएकालाई टाइम कार्ड लागू गरिएको हो । अब इटहरीसँगै आसपासमा चल्ने सवै सिटी सफारी जो दर्ता भएका छैनन, अविलम्ब दर्ता हुनुपर्छ, नत्र सञ्चालनमा रोक लगाइनेछ ।’
इटहरीमा अत्याधिक सिटी सफारीले दुर्घट्ना निम्त्यिाएको ठहर गरि पूर्वका शहरमध्ये इटहरीले नै अगुवाई गरेर व्यवस्थित गर्न थालेको हो । ‘बाहिर दर्ता भएर अति आवश्यक कामले इटहरी आउनेलाई निश्चित कामका लागि टाइम तोकेर कार्ड दिन थालिएको छ,’ इटहरी उपमहानगरपालिका अधिकृत गणेश भट्टराईले भने, ‘सिटी सफारीलाई व्यवस्थित गर्न सकिएन भने यसले निकै ठूलो समस्या निम्तियाउन सक्छ भनेर बेलैदेखि यसलाई व्यवस्थित गर्न लागिएको हो ।’
इटहरीमा पहिलोपल्ट ट्राफिक प्रहरीको अगुवाईमा २०७३ असोज दोस्रो साता पनि मुख्य राजमार्गमा सिटी सफारी गुड्न रोक लगाइएको थियो । तर, सिटी सफारी चालकले आन्दोलन चर्काएपछि एक दिनमै ट्राफिक प्रहरी लचिलो भएर यात्रुलाई गन्तब्य स्थानसम्म पु¥याउन छोटो दुरीका लागि मुख्य राजमार्गमा गुड्न दिने सहमति गरेसँगै सहज ढंगले सिटी सफारी सञ्चालनमा आएका थिए । त्यसयता इटहरीमा सिटी सफारी व्यवस्थित गर्न पटक पटक निर्णय भएपनि सिटी सफारी चालकको आन्दोलनले स्थगित हुँदै आएको थियो । तर, पछिल्लो समय उपमहानगरपालिकाले अगुवाई गरेपछि भने सहज हुँदै आएको छ ।
सिटी सफारी व्यवस्थित गर्नकै लागि इटहरी उपमहानगरपालिकाले अब इटहरी क्षेत्रमा बसोबास गर्नेको मात्र सफारी दर्ता गर्दै आएको छ । इटहरी उपमहानगरपालिकामा दुई हजार सिटी सफारी दर्ता भएका छन् । सिटी सफारी सवैभन्दा बढी झापा, मोरङ र सुनसरीका ठूला सहरमा सञ्चालनमा रहेका छन् । पछिल्लो समय पूर्वका पहाडी जिल्लामा पनि सिटी सफारी सञ्चालन हुने गरेका छन् । कोशी प्रदेशमा मात्र २० हजार हाराहारी सिटी सफारी रहेको कोशी अञ्चल यातायात कार्यालय इटहरीले जनाएको छ ।

You might also like

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

आजबाट बडादसैँ सुरु, आज घरघरमा घटस्थापना गरिँदै

Previous Post

राष्ट्रिय सभा चुनावः १२ दलले पाए चुनाव चिन्ह 

Next Post

झापामा जङ्गली हात्ती गाउँ पसेपछि गाउँ नै आतंकित

radio

radio

Related Posts

विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
जीवन शैली

आजबाट बडादसैँ सुरु, आज घरघरमा घटस्थापना गरिँदै

by radio
राजनीति

हमासले सार्वजनिक गरेको ‘बिदाई तस्वीर’मा नेपाली विपिन जोशी पनि

by radio
जीवन शैली

दसैँ टीकाको साइत कुन देशमा कहिले र कति गते ?

by radio
Next Post
झापामा जङ्गली हात्ती गाउँ पसेपछि गाउँ नै आतंकित

झापामा जङ्गली हात्ती गाउँ पसेपछि गाउँ नै आतंकित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

इटहरीमा असोज २ गतेदेखि विद्युतिय नगर बस सेवा सञ्चालन हुने

बैशाख अन्तिमसम्म शिक्षा विधेयक पारित गरिने

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.