
१६ फागुन २०८०,
रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनसरीको रामधुनी नगरपालिका ४ मानपुरस्थित भित्री सडकखण्डमा मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा एक युवकको मृत्यु भएको छ ।मानपुरबाट मर्चैयातर्फ जाँदै गरेको प्रदेश १–०२–०४७ प २०४८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चालक रामधुनी ९ बस्ने अन्दाजी २४ वर्षीय करण चौधरीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इनरुवा पठाइएकोमा अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।