
२४ जेठ २०८१,
नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको उपचारको क्रममा मृत्यु भएको छ ।बिगत लामो समयदेखि प्याक्रियाज सम्बन्धीको बिरामी रहेका खनालको उपचारको क्रममा भारतको हैदरावादस्थित एक अस्पतालमा निधन भएको हो ।खनाल नेकपा एमाले सुनसरी जिल्लाको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । जेठ ५ गते देखि ७ गते सम्म भएको अधिवेशनमा उनी अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचित भएसँगै बिरामले च्यापेपछि थप उपचारका लागि उनलाई जेठ २२ गते हैदराबाद लगिएको थियो ।उनको उपचारका क्रममा मृत्यु भएको एमाले सुनसरी सचिव राम कोइरालाले बताए बताए । खनाल यस अघि एमाले सुनसरीको उपाध्यक्ष थिए ।