झापाका अधिकांश स्वास्थ्य बीमा लागु भएका अस्पतालमा पनि स्वास्थ्य बीमाले सूचीकृत गरेका सबै औषधी पाइँदैनन् । स्वास्थ्य बीमा लागू भएका झापाका अस्पतालका सञ्चालकहरुले पनि सबै औषधी भने नपाउने गरेको स्वीकार गरेका छन् । स्वास्थ्य बीमा बोर्डले नयाँ सुविधा थैलीमा भदौ महिनादेखि एक हजार एक सय तेत्तिस बाट बढाएर एक हजार दुई सय नब्बे प्रकारका औषधी निःशुल्क पाउने व्यवस्था गरेको छ । अस्पताल टिकट रु। ५० तोकिएको छ । शय्याको प्रतिदिन रु। दुई सय ५० राखिएको छ । यसअघि साधारण शय्याको रु। दुई सय थियो ।

कँडेलले भनिन्, “आँखा, मुटुलगायतका स्पेसल अस्पतालहरूमा भने सबै प्रकारको औषधी नपाइन सक्छ, आँखा अस्पतालमा आँखासम्बन्धी मात्र औषधी पाइन्छ भने मुटु अस्पतालमा मुटुसम्बन्धी मात्र औषधी पाइन्छ
स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत पाँचजना परिवारसम्मका लागि रु। तीन हजार पाँच सय बराबरको योगदानका आधारमा रु। एक लाखसम्मको स्वास्थ्य सेवासुविधा उपलब्ध गराइन्छ । यस्तै, थप प्रतिसदस्य रु। सात सयका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य रु। २० हजार बराबरको सेवासुविधा थपिने प्रावधान छ । स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा रु। दुई लाखसम्म तोकिएको छ । बीमा कार्यक्रममा कूल विमित परिवार सङ्ख्या २३ लाख ९२ हजार ६ सय ७६ जना र कूल विमित जनसङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ जना रहेको छ ।