
इटहरी उपमहानगरपालिकाले सर्वसाधारण नागरिकलाई सहज, सुरक्षित, र सुलभ सार्वजनिक यातायात सेवा प्रदान गर्ने उद्देश्यले आज देखि विद्युतिय नगर बस सेवा सुरु भएको छ। प्रारम्भिक चरणमा ४ वटा विद्युतीय बसहरू नगरका विभिन्न रुटहरूमा सञ्चालनमा आएका हुन् ।इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले रिभन काटेर चार वटा बस सञ्चालनमा आएको हो । बसमा स्थानीय जनतालाई बसको सुविधा दिएर आज र भोलि निशुल्क बस सञ्चालन गरिएको छ ।नागरिकलाई सहुलियतपूर्ण ढंगमा सेवा उपलब्ध गराउन बसको सेवा शुल्क रू। २० तोकिएको छ। असोज १ गते विश्वकर्मा पुजा गरेर आज असोज २ गते बिहान बिहान ७ बजेलेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुकी ७ बजेसम्म नियमित सञ्चालन हुनेछन्।निम्न वर्गका जनताले ग्रामिण देखि बजार सम्म पुग्न सजिलो भएको स्थानीय दिल कुमारी राई बताउनुभयो ।आरामदायी सुविधा सहित थोरै पैसा इटहरी बजार परिक्रमा गर्न पाउने भएकाले सुविधा सम्पन्न बस रहेको स्थानीय रितेश जंग पौडेलले बताउनुभयो ।ग्रामीण तहका नागरिकलाई यातायातको सेवा सुविधा दिने उदेश्यले सर्वसुलभ तरिकाले सेवा सुविधा दिन इटहरीमा चार वटा नगर बस सञ्चालनमा आउने सपना पूरा भएको मेयर हेमकर्ण पौडेलले बताउनुभयो । जनताको आवश्यकता अनुसार बस थप्दै जाने उहाँको भनाइ छ ।
धरान(विराटनगर सडकमा तरहरादेखि वडा नं। १३ को अरिहन्त मल्टिफाइवर्ससम्म, पूर्व–पश्चिम सडकमा बुढी खोला ९मिलन चोक० देखि लगुना चोक बिजुली अफिससम्म, इटहरीबाट साथी फ्यूल, वडानं। १० टावर हुँदै वडा नं। ११ खेटीपुल, नहरको बाटो हुँदै इटहरी, इटहरीबाट तरहरा, भवानीपुर, कान्छी चोक, पकली हुँदै इटहरी, इटहरीबाट तालतलैया, त्रिभुवन चोक, देविस्थान हुँदै पुनः त्रिभुवन चोक, हवाई चोक, आँपगाछी हुँदै इटहरी , इटहरीबाट लविपुर, वडा नं। १६, वडा नं। १५ को चाँदवेला सीमाना हुँदै वडा नं। १७ कार्यालय र कान्छी चोक हुँदै इटहरी बस सेवा निम्न रुटहरूमा सञ्चालन हुने रुट निर्धारण समितिका संयोजक तथा उपमहानगरका प्रबत्ता दिवश पोखरेलले जनाए ।सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएको अवस्थामा, नगरपालिकाले यस कदमलाई नागरिकहरूको यात्रालाई सुविधाजनक बनाउने प्रयासको रूपमा लिएको छ। विद्युतीय बस सेवा वातावरणमैत्री, सुरक्षित, भरपर्दो, र उपभोक्तामुखी हुने बताइएको छ ।इटहरी उपमहानगरपालिकाले यस नगर बस सेवाले नागरिकहरूको दैनिक यात्रा थप सहज र सुविधाजनक बनाउने विश्वास लिएको हो । विद्युतीय बसहरूले वातावरणमा सकारात्मक प्रभाव पार्दै सस्तो र भरपर्दो यातायात सेवा उपलब्ध गराउनेछन्।