Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home राजनीति

इटहरीमा नगर बस सुरू भयो

radio by radio
१ वर्ष अगाडि
in राजनीति, विविध, समाचार, स्थानीय तह
0
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

इटहरी उपमहानगरपालिकाले सर्वसाधारण नागरिकलाई सहज, सुरक्षित, र सुलभ सार्वजनिक यातायात सेवा प्रदान गर्ने उद्देश्यले आज देखि विद्युतिय नगर बस सेवा सुरु भएको छ। प्रारम्भिक चरणमा ४ वटा विद्युतीय बसहरू नगरका विभिन्न रुटहरूमा सञ्चालनमा आएका हुन् ।इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले रिभन काटेर चार वटा बस सञ्चालनमा आएको हो । बसमा स्थानीय जनतालाई बसको सुविधा दिएर आज र भोलि निशुल्क बस सञ्चालन गरिएको छ ।नागरिकलाई सहुलियतपूर्ण ढंगमा सेवा उपलब्ध गराउन बसको सेवा शुल्क रू। २० तोकिएको छ। असोज १ गते विश्वकर्मा पुजा गरेर आज असोज २ गते बिहान बिहान ७ बजेलेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुकी ७ बजेसम्म नियमित सञ्चालन हुनेछन्।निम्न वर्गका जनताले ग्रामिण देखि बजार सम्म पुग्न सजिलो भएको स्थानीय दिल कुमारी राई बताउनुभयो ।आरामदायी सुविधा सहित थोरै पैसा इटहरी बजार परिक्रमा गर्न पाउने भएकाले सुविधा सम्पन्न बस रहेको स्थानीय रितेश जंग पौडेलले बताउनुभयो ।ग्रामीण तहका नागरिकलाई यातायातको सेवा सुविधा दिने उदेश्यले सर्वसुलभ तरिकाले सेवा सुविधा दिन इटहरीमा चार वटा नगर बस सञ्चालनमा आउने सपना पूरा भएको मेयर हेमकर्ण पौडेलले बताउनुभयो । जनताको आवश्यकता अनुसार बस थप्दै जाने उहाँको भनाइ छ ।

धरान(विराटनगर सडकमा तरहरादेखि वडा नं। १३ को अरिहन्त मल्टिफाइवर्ससम्म, पूर्व–पश्चिम सडकमा बुढी खोला ९मिलन चोक० देखि लगुना चोक बिजुली अफिससम्म, इटहरीबाट साथी फ्यूल, वडानं। १० टावर हुँदै वडा नं। ११ खेटीपुल, नहरको बाटो हुँदै इटहरी, इटहरीबाट तरहरा, भवानीपुर, कान्छी चोक, पकली हुँदै इटहरी, इटहरीबाट तालतलैया, त्रिभुवन चोक, देविस्थान हुँदै पुनः त्रिभुवन चोक, हवाई चोक, आँपगाछी हुँदै इटहरी , इटहरीबाट लविपुर, वडा नं। १६, वडा नं। १५ को चाँदवेला सीमाना हुँदै वडा नं। १७ कार्यालय र कान्छी चोक हुँदै इटहरी बस सेवा निम्न रुटहरूमा सञ्चालन हुने रुट निर्धारण समितिका संयोजक तथा उपमहानगरका प्रबत्ता दिवश पोखरेलले जनाए ।सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएको अवस्थामा, नगरपालिकाले यस कदमलाई नागरिकहरूको यात्रालाई सुविधाजनक बनाउने प्रयासको रूपमा लिएको छ। विद्युतीय बस सेवा वातावरणमैत्री, सुरक्षित, भरपर्दो, र उपभोक्तामुखी हुने बताइएको छ ।इटहरी उपमहानगरपालिकाले यस नगर बस सेवाले नागरिकहरूको दैनिक यात्रा थप सहज र सुविधाजनक बनाउने विश्वास लिएको हो । विद्युतीय बसहरूले वातावरणमा सकारात्मक प्रभाव पार्दै सस्तो र भरपर्दो यातायात सेवा उपलब्ध गराउनेछन्।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

संविधानको १० वर्ष, जनतामा छैन हर्ष

Next Post

यातायात कार्यालय इटहरीमा प्रहरीको छापा, १७ जना बिचौलिया पक्राउ

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post

यातायात कार्यालय इटहरीमा प्रहरीको छापा, १७ जना बिचौलिया पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

देशभर चिसो बढेसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

देशभर चिसो बढेसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.