
इटहरी, माघ ४ । सुनसरीका सेक्स वर्कर महिलाहरु लागूऔषधको लतमा फसेरभयावह स्थिती सिर्जना हुने खतरा सिर्जना भएको छ । सेक्स वर्कर महिलाहरुको हकहितमाकार्यरत संस्थामहिला सहयोगी समूह इटहरीले शुक्रबार पत्रकार भेटघाट गरिउनीहरुको संख्याथपिएसँगै कुलतमाफस्नेको संख्यापनि बढ्दो गतिमा छ ।
सेक्स वर्कर महिलाहरुमालागूऔषध खाने बानी छुट्ने छनक नदेखिएको कार्यक्रममा संस्थाकीपूर्व अध्यक्ष ज्ञाना खड्काले बताइन् । उनकाअनुसार अहिलेसम्म २५० जनाले नसालु पदार्थ जाँड रक्सी र चुरोटको लतमा फसेका छन् । यस्तै, धरान क्षेत्रमा १६ जना सेक्स वर्कर महिला कडा खालको लागूऔषधप्रयोग गर्ने गरेका छन् । खासगरेर मानसिकतनाबमा रहेका सेक्स वर्कर महिलाहरुले तनाबकमगर्नका लागि जाँड रक्सी र चुरोटसँगै कडा खाले लागूऔषधप्रयोग गर्ने गरेका हुन् । ‘एकातिर सेक्स वर्कर महिलालाई मानसिक पीडा छ भने अर्कातिर उनीहरुसँग बस्ने पुरुषग्राहकले नसालु पदार्थ नखाईकन रमाइलो नै हुँदैन भनेर बाध्यपार्ने गरेका छन,’उनले भनिन्, ‘यसरी नसालु पदार्थ सेवनले गर्दा दुवैको ज्यानजोखिममा रहने गरेको छ ।’ महिला सहयोगी समूहले नसालु पदार्थ प्रयोग गर्ने महिलालाई परामर्श दिने गरेतापनिपर्याप्तनभएकाले गर्दा सरकारी निकायबाटै लामो समयकालागिकार्यक्रम सञ्चालनगरिनुपर्ने मागगरिन् । यहाँ कार्यरत सेक्स वर्कर महिलाआफ्ना श्रीमानका कारण पनित्यो पेसामा संलग्नहुने गरेका छन् । विशेषगरी इनरुवा क्षेत्रमाआफ्ना श्रीमान्कै कारण महिला सेक्स वर्कर बनेका छन् । कतिपयआर्थिक अवस्थादयनीयभएका परिवारमा पुरुषले नै श्रीमतीलाई प्रोत्साहनगर्ने गरेको पनिपत्रकार भेटघाटमा जानकारी दिइयो ।
महिला सहयोगी समूहले सेक्स वर्कर भन्नाले व्यस्क व्यक्तिहरुद्दारा सहमतिमापारिश्रमिकलिएर गरिने कार्यभएको जनायो । नेपालमा ६७ हजार ३०० सेक्स वर्कर महिला रहेका छन् । जसमासुनसरीमा एक हजार ५०० सेक्स वर्कर रहेका छन् ।सुनसरीमा रहेका सेक्स वर्कर महिलाहरु आफ्नै ग्राहकबाट समेत कतिपय सुरक्षितनभएको जानकारी दिइयो । खासगरेर सेवालिने र पैसा नदिने नियत राखेका ग्राहकबाट महिलाहरु सुरक्षितनभएको महिला सहयोगी समूहकीकार्यकारी निर्देशकविमला ठकुरीले बताइन् । उनकाअनुसार महिला सहयोगी समूहले अहिलेसम्मसेक्स वर्कर महिलामध्ये एचआइभी÷एड्स, यौन रोग, हिंसा र क्यान्सरबाट बचाउनविभिन्नखाले कार्यक्रम सञ्चालनगर्दै आएको छ ।
सेक्स वर्कर महिलाहरुलेविनागल्तीपक्राउगर्ने र मानसिकतथाशारीरिक यातनादिइने कार्य बन्दगर्न माग गरेका छन् । सेक्स वर्कर महिलाकालागिमहिला सहयोगी समूहले सन् २०२० माकोरोना भाइरस (कोभिड–१९ ) को महामारीले विश्वलाई नै आक्रन्तबनाएको बेलाखाद्यन्नलगायतका राहत सामग्रीवितरण गरिएको र नियमित रुपमा सरसफाईका सामग्रीएवम्सिनेटरी प्याड प्रदानगर्दै आएको छ । यस्तै, सेक्स वर्कर महिलालाई सहीग्राहक रोज्न र सुरक्षित स्थानपहिचानगर्न सचेतना फैलाउने गरेको छ । सुनसरीका ‘सेक्स वर्कर’ महिलाको हकहितमा महिला सहयोगी समूहले काम गर्दै आएको छ भने देशभरका ‘सेक्स वर्कर’ महिलाको पक्षमा स्वासा नेपाल काठमाडौंले काम गर्दै आएको छ । स्वासा नेपालले देशभरका १७ वटा सिभिओसँगै अन्य संस्थाको सहकार्यमा काम गर्दै आएको जानकारी दिइयो सहीग्राहक नरोज्दाकहिलेकाँहीअपराधिकमानसिकताका व्यक्तिद्दारा अनपेक्षित रुपमा दुर्घटनाका घटना हुन सक्ने भएकाले गर्दा त्यसमाविशेष सावधानीअपनाउने सचेत गर्ने गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।