
१२ बैशाख २०८२,
हाल देशमा मुख्यतया स्थानीय बायु तथा पश्चिमी बायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मुख्यतया सफा रहेको छ।दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू(भागमा आंशिक देखि साधारणता बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ ।कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।राती भने कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू(भागमा आंशिक बदली र बाँकी भू९भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।मेघ गर्जन र चट्याङ्ग, वर्षा र हिमपातको साथै गर्मी कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

