
२६ माघ २०८०,
इटहरी उपमहानगरका ५ सय बढिले कोरोना भाइरस विरुद्धको बुस्टर खोप लगाएका छन् । शुक्रवार उपमहानगरमा १२ वर्ष माथिका स्थानीयहरूले सो खोप लगाएका हुन । पहिलो लगाएर दोस्रो देखि छुटेकाहरूले उक्त खोप लगाएका हुन ।
इटहरी उपमहानगरको २० वटै वडामा शुकबार बुस्टर खोप अभियान चलाइएको थियो । सो अभियानमा २० वटै वडाका ५ सय बढी स्थानीय तथा बालबालिकाले सो खोप लगाएका उपमहानगरका प्रवक्ता तथा वडा नं ६ का वडाध्यक्ष दिवश पोख्रेलले बताउनुभयो। उहाँका अनुसार वडा नं ६ मा मात्रै ११० भन्दा बढिले सो खोप लगाएको बताउनुभयो ।