Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home समाचार

बिपीका उपकुलपतिमाथि मोसो दल्ने प्रयास, तीन जना पक्राउ  

radio by radio
२ वर्ष अगाडि
in समाचार, स्वास्थ्य
0
बिपीका उपकुलपतिमाथि मोसो दल्ने प्रयास, तीन जना पक्राउ  
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

१६ माघ २०८०,

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा।डा। प्रल्हाद कार्कीमाथि मंगलबार प्रतिष्ठान परिसरमै दुव्र्यवहार भएको छ।उपकुलपतिको कार्यकक्षमा भेट्न गएका तीन जनाले उनीमाथि मोसो दल्ने प्रयास गरेको भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ।सुनसरी प्रहरी प्रवक्ता डिएसपस्ी नविनकृष्ण भण्डारीका अनुसार दिउँसो एक बजेतिर कामु उपकुलपति कार्कीले भेट्न बोलाएका तीनमध्ये एक जनाले बोटलमा भरेर लगेको मोविल प्रहार गर्न खोजेका थिए।तीनमध्ये एक जनाले मोविल प्रहार गर्न खोज्दा त्यहाँ खटिएको प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ’ भण्डारीले भने ‘भिसी सरलाई केही पनि हुन पाएन। अहिले नियन्त्रणमा लिइएका तीन जनामाथि अनुसन्धान भइरहेको छ।’प्रतिष्ठान केही समययता फेरि अशान्त अवस्थामा छ। खासगरी शिक्षक तथा कर्मचारीहरुले बढुवा माग गर्दै आन्दोल न गरिरहेका छन्। उनीहरुले कामु उपकुलपति कार्की आफ्नो माग पूरा गराउन बाधक बनेको आरोप आन्दोलनकारीको छ।प्रहरीले नियन्त्रणमा लिएका तीन जनाबारे थप बताउन चाहेन। डिएसपी भन्डारीले अनुसन्धान जारी रहेको र पक्राउ परेकाबारे विस्तारै खुल्ने बताए।ओपिडी र पठनपाठन ठप्प रहेको प्रतिष्ठानमा आइतबारदेखि ओपिडी सेवा आंशिकरुपमा सुचारु भएको थियो।आन्दोलनरत शिक्षक चिकित्सकहरुबाहेक प्रोफेसर र जुनियर रेसिडेन्टहरुले ओपिडी सेवा आंशिकरुपमा भएपनि सञ्चालनमा ल्याएका हुन्।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

प्रोफेसर र जेआरहरु पदोन्नति माग गर्नेमा पर्दैनन्। त्यसबाहेकका एसिस्टेन्ट प्रोफेसर, एशोसिएट प्रोफेसर र एडिस्नल प्रोफेसरहरु मात्र बढुवाको माग गर्ने चिकित्सकहरु हुन्।यस्तै, नर्सिङ र कर्मचारीहरु पनि आन्दोलनमा छन्। बढुवा हुनु नपर्ने कर्मचारीहरुलाई पनि कर्मचारी कल्याण समाजले आन्दोलनमा सहभागी हुन बाध्यकारी नभएको बताउदै आएको छ। आन्दोलन जारी अवस्थामा भएपनि आइतबारदेखि नै ओपिडी खुल्न शुरु भएको सहायक अस्पताल निर्देशक डा इन्द्र लिम्बुले जानकारी दिए।बढुवाको माग गर्दै आन्दोलनरत शिक्षक, कर्मचारीहरुले सेवा बहिष्कार गरेपछि पुस २९ गतेदेखि नै ओपिडी सेवा र विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको थियो।उच्च अदालत विराटनगरले तत्काल बढुवा नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको र प्रतिष्ठानले पनि बढुवा प्रक्रिया तत्काललाई स्थगन गरेको जानकारी दिदै काममा फर्कन अपिल गरेपनि आन्दोलनरत पक्षले भद्र अवज्ञा आन्दोलन जारी राखेका छन्।

Previous Post

यू–१९ विश्वकप : अफगानिस्तानले नेपाललाई दियो १४६ रनको विजयी लक्ष्य

Next Post

नेप्से परिसूचक सामान्य अंकले वृद्धि

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
नेप्से परिसूचक सामान्य अंकले वृद्धि

नेप्से परिसूचक सामान्य अंकले वृद्धि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु 

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.