
१६ माघ २०८०,
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा।डा। प्रल्हाद कार्कीमाथि मंगलबार प्रतिष्ठान परिसरमै दुव्र्यवहार भएको छ।उपकुलपतिको कार्यकक्षमा भेट्न गएका तीन जनाले उनीमाथि मोसो दल्ने प्रयास गरेको भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ।सुनसरी प्रहरी प्रवक्ता डिएसपस्ी नविनकृष्ण भण्डारीका अनुसार दिउँसो एक बजेतिर कामु उपकुलपति कार्कीले भेट्न बोलाएका तीनमध्ये एक जनाले बोटलमा भरेर लगेको मोविल प्रहार गर्न खोजेका थिए।तीनमध्ये एक जनाले मोविल प्रहार गर्न खोज्दा त्यहाँ खटिएको प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ’ भण्डारीले भने ‘भिसी सरलाई केही पनि हुन पाएन। अहिले नियन्त्रणमा लिइएका तीन जनामाथि अनुसन्धान भइरहेको छ।’प्रतिष्ठान केही समययता फेरि अशान्त अवस्थामा छ। खासगरी शिक्षक तथा कर्मचारीहरुले बढुवा माग गर्दै आन्दोल न गरिरहेका छन्। उनीहरुले कामु उपकुलपति कार्की आफ्नो माग पूरा गराउन बाधक बनेको आरोप आन्दोलनकारीको छ।प्रहरीले नियन्त्रणमा लिएका तीन जनाबारे थप बताउन चाहेन। डिएसपी भन्डारीले अनुसन्धान जारी रहेको र पक्राउ परेकाबारे विस्तारै खुल्ने बताए।ओपिडी र पठनपाठन ठप्प रहेको प्रतिष्ठानमा आइतबारदेखि ओपिडी सेवा आंशिकरुपमा सुचारु भएको थियो।आन्दोलनरत शिक्षक चिकित्सकहरुबाहेक प्रोफेसर र जुनियर रेसिडेन्टहरुले ओपिडी सेवा आंशिकरुपमा भएपनि सञ्चालनमा ल्याएका हुन्।
प्रोफेसर र जेआरहरु पदोन्नति माग गर्नेमा पर्दैनन्। त्यसबाहेकका एसिस्टेन्ट प्रोफेसर, एशोसिएट प्रोफेसर र एडिस्नल प्रोफेसरहरु मात्र बढुवाको माग गर्ने चिकित्सकहरु हुन्।यस्तै, नर्सिङ र कर्मचारीहरु पनि आन्दोलनमा छन्। बढुवा हुनु नपर्ने कर्मचारीहरुलाई पनि कर्मचारी कल्याण समाजले आन्दोलनमा सहभागी हुन बाध्यकारी नभएको बताउदै आएको छ। आन्दोलन जारी अवस्थामा भएपनि आइतबारदेखि नै ओपिडी खुल्न शुरु भएको सहायक अस्पताल निर्देशक डा इन्द्र लिम्बुले जानकारी दिए।बढुवाको माग गर्दै आन्दोलनरत शिक्षक, कर्मचारीहरुले सेवा बहिष्कार गरेपछि पुस २९ गतेदेखि नै ओपिडी सेवा र विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको थियो।उच्च अदालत विराटनगरले तत्काल बढुवा नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको र प्रतिष्ठानले पनि बढुवा प्रक्रिया तत्काललाई स्थगन गरेको जानकारी दिदै काममा फर्कन अपिल गरेपनि आन्दोलनरत पक्षले भद्र अवज्ञा आन्दोलन जारी राखेका छन्।