
१३ माघ २०८०,
आइसिसी यू– १९ विश्वकपको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपालललाई १४६ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ४०।१ ओभरमा १४५ रनमा अलआउट हुँदै नेपालले १४६ रनको लक्ष्य दिएको हो ।खेलमा नेपालका आकास चन्दले उत्कृष्ट बलिङ गरे। उनले ५ विकेट लिने क्रममा ८ ओभरमा ३४ रन खर्चिए । आकास यू– १९ विश्वकपमा पाँच विकेट लिने नेपालका लागि चौथो बलर बनेका छन् ।बलिङमा नेपालका आकासले ५ विकेट लिँदा दिपेश कडेलले २ विकेट लिए । सुवास भण्डारी, तिलक भण्डारी र गुल्सन झाले १–१ विकेट लिए ।सुपर सिक्समा पुग्नका लागि लागि दुवै टिमलाई जितको आवश्यकता छ । यसअघि नेपाल र अफगानिस्तान दुवैले पाकिस्तान र न्युजिल्यान्डसँग हार बेहोरेका थिए ।