
२८ माघ २०८०,
इटहरीका सबै विद्यालयका विद्यार्थीहरुले आगामी शैक्षिक सत्र २०८१ बाट गाडा निलो पेन्ट तथा फ्रक र आकाशे निलो रङको सर्ट लगाउनुपर्नेछ ।
उपमहानगरपालिकाको नगर शिक्षा समितिका अनुसार जाडो महिनामा लगाउने ज्याकेट र स्वेटरको रंग पनि गाढा निलो हुनुपर्नेछ । जुत्ता कालो र मोजा निलो हुनेछ ।
विद्यार्थीहरुले गाढा निलो र आकाशे निलो मिक्स रङको बेल्ड लगाउनुपर्नेछ । यो बेल्डमा भने विद्यालयहरुले आफ्नो स्कुलको लोगो राख्न सक्नेछन् ।
विद्यार्थीहरुले टाई लगाउन पाउने छैनन् । त्यसको सट्टा कालो भादगाउँले टोपी लगाउनुपर्नेछ ।
हप्ताका सात दिन मध्ये मंगलबार र शुक्रबार भने सेतो सर्ट, सेतो पेन्ट, सेतै जुत्ता र मोजा लगाउनुपर्ने छ ।
इटहरी उपमहानगरपालिकामा ३६ सामुदायिक र १३४ निजी गरी १७० विद्यालय छन् । यी विद्यालयमा अध्ययन गर्ने करिव ६३ हजार ५ सय २६ जना विद्यार्थीहरुले अब माथी उल्लेखित ड्रेस लगाउनु पर्ने छ ।
