
प्रदेश- १ का प्रदेशसभा सदस्यहरुले सोमबार पद तथा गोपनियताको सपथग्रहण गर्दैछन् । ९३ मध्ये पाँच जना प्रदेशसभा सदस्यले आफ्नो मातृभाषामा शपथ लिने छन् ।
प्रदेश सांसदमा पाँचथर १(१) बाट दोस्रो पटक निर्वाचित माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो, इलाम १(१) बाट निर्वाचित खिनु लङ्वा लिम्बु, नेकपा (एकीकृत समाजवादी)का पाँचथर १(१) बाट निर्वाचित कमलप्रसाद जबेगु, कांग्रेसका ताप्लेजुङ १(२) बाट निर्वाचित खगेनसिंह हाङ्गाम र जनता समाजवादी पार्टीकी निर्मला लिम्बूले लिम्बू भाषामा सपथ लिने प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
प्रदेशसभा सचिवालयले मातृभाषामा शपथ लिने सांसदलाई तीन दिन अगाडि नै विवरण उपलब्ध आग्रह गरेको थियो ।
प्रदेश प्रमुख पर्शुराम खापुङ्ले ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईलाई भोली शपथ ग्रहण गराउने छन् । गनगाईले अन्य सदस्यलाई साढे १ बजे प्रदेशसभा भवनमा शपथ गराउनेछन् ।