
भदौ ९, २०८०
धरानमा धार्मिक तथा सद्भाव र्याली निकाल्न इटहरीबाट हिँडेको हिन्दुवादीहरुलाई प्रहरीले तरहरा स्थित पानीपियाको जंगल क्षेत्रमै हजारौंको संख्यामा तैनाथ सुरक्षा कर्मिले छेकेर रोकेको छ । तरहराबाट धरान तर्फ प्रवेश गर्ने पानीपिया क्षेत्रमा ठुला ठुला बेरियर सहित बाक्लो संख्यामा रहेका प्रहरीले हिन्दुवादीहरुलाई रोकेका छन् । धरान नै पुग्न नदिएपछि सम्भावित दुर्घटना टर्न सक्ने भन्दै प्रहरीले धरान प्रवेश गर्न नै रोकेको हो । पानीपिया क्षेत्रमा बिहानैबाट ठुलो संख्यामा प्रहरी परिचालन भएका थिए ।जंगल पार गरेर जान सक्ने अवस्था नभएपछि हिन्दुवादीहरु सोही क्षेत्रमा रोकिएका छन् ।कोण सभाम बोल्दै धर्मगुरुहरुले प्रशासनले शान्तीपूर्ण र्याली गर्न नदिएको भन्दै आक्रोस पोखेका छन् । उनीहरुले गो वध गर्नेको संरक्षण गरेको भन्दै प्रशासनको तिव्र विरोध गरेका छन् ।

