
९ पुस २०७९
झापाको शिबसताक्षी नगरपालिका–१० टेक्रामा एक पुरुषको हत्या गरेको आरोपमा प्रहरीले महिलालाई पक्राउ गरेको छ । कनकाई नदीको पूर्वी तटीय क्षेत्रको कासघाँरीमा बिहीबार कन्काई नगरपालिका–४ बस्ने वर्ष ५५ को पदमलाल बाँस्तोलाको शव फेला परेको थियो । अनुसन्धानका लागि प्रहरीले उनकै भाईबुहारी रनमायालाई पक्राउ गरेको हो ।
उनीहरूको घर र कनकाईको काँसघारी ५ सय मिटरको दुरीमा छ । उनीहरुसँगै घाँस काट्न गएका थिए । घाँस काट्ने क्रममा जेठाजूले जवरजस्तीकरणी गर्ने प्रयास गरेपछि आफूले प्रतिकार गरेको उनले प्रहरीसमक्ष बयान दिएकी छन् ।
मृतकको टाउको र अनुहारमा घरेलु हतियार प्रयोग भएको थियाे । प्रहरीले हत्या गर्न प्रयोग गरेको हँसिया समेत बरामद गरेको छ। पक्राउ परेकी महिलाले जबरजस्ती करणी गर्ने प्रयास गरेपछि हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।