
७ पुस २०७९,
नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत चयन भएका छन् ।
बिहिबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकबाट प्रचण्ड सर्वसम्मत दलको नेता चयन भएका हुन् ।
दलको प्रमुख सचेतकमा हितराज पाण्डे चुनिएका छन् । यस्तै राष्ट्रियसभा दलको नेतामा नारायणकाजी श्रेष्ठ चयन भएका छन् ।
माओवादी केन्द्रमा ३२ सांसद छन् । संसदीय दलको बैठक अघि माओवादी पदाधिकारी बैठक बसेको थियो ।
बैठकमा सत्तासमीकरण, आगामी रणनीतिलगायत विषयमा छलफल भएको थियो ।