
शुक्रबार, १२ साउन २०८०
सर्वोच्च अदालतले कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश दिएको छ ।सभामुखको समर्थन असंवैधनिक भएको ठहर गर्दै मुख्यमन्त्री उद्धव थापाको नियुक्त बदर गर्न आदेश दिएको हो । थापाको नियुक्ती बदर गर्न आदेश दिएको अदाल साथै ७ दिनभित्र बहुमत पाउने दललाई मुख्यमन्त्री बनाउन आदेश दिएको छ । नभए अर्को उपधारामा जान भनिएको छ ।अर्थात अब फेरि संविधानको धारा १६८ ९२० अनुसार सरकार गठनको प्रयास हुनेछ । ९३ सदस्यीय प्रदेशसभामा बहुमत जुटाउन सक्ने दलले सरकार बनाउने छ । कुनै पनि दलले बहुमत जुटाउन नसके १६८ ९३० अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्नेछन् ।