युनिटी कप अन्तरराष्ट्रिय क्रिकेटः नेपाली टोली आज युएई जाँदै

६, २०८२ सोमबार ,
वेस्ट इन्डिजविरुद्ध हुने तीन खेलको युनिटी कप अन्तरराष्ट्रिय टी(ट्वान्टी शृङ्खला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज संयुक्त अरब इमिरेट्स ९युएई० प्रस्थान गर्ने भएको छ। प्रवेशाज्ञा पाएसँगै नेपाली टोली त्यसतर्फ जान लागेको हो।
जेनजी प्रदर्शनका कारण युएईले नेपालीलाई पर्यटक भिसा र श्रम भिसामा रोक लगाएको थियो। रोक लगाएपछि नेपाली क्रिकेट टोली युएई जान सकेको थिएन। नेपाल क्रिकेट सङघ ९क्यान०को आग्रहपछि मात्र युएईले नेपाली टोलीलाई आइतबार प्रवेशाज्ञा दिएको थियो।
क्यानका प्रवक्ता छुम्बी लामाले नेपाली टोली मंगलबारसम्म युएई पुगिसक्ने जानकारी दिए। नेपालले दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिजविरुद्ध यही असोस ११, १३ र १४ गते युएईस्थित शारजाह क्रिकेट रङ्गशालामा खेल खेल्ने तय भएको छ।

