
पुस ११
नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत सरकारमा सहभागी दलहरूको गठबन्धनको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा जारी छ।केहीबेरअघि सुरु भएको सत्तारूढ गठबन्धनको बैठकमा नयाँ सरकारको मन्त्रालय बाँडफाँटबारे छलफल हुने जनाइएको छ।
उक्त बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सरकारमा सहभागी दलका प्रमुख नेताहरूस् एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराई, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत सहभागी छन्।
राष्ट्रपतिले दिएको समयसीमा अनुसार आइतबार मुलुकको नयाँ प्रधानमन्त्रीको रूपमा प्रचण्ड नियुक्त भएका छन्। आज अपराह्न पद तथा गोपनीयताको शपथ लिने तयारीमा रहेका प्रचण्डको नेतृत्वमा सानो मन्त्रिमण्डल तयार गर्नका लागि सरकारमा सहभागी दलका शीर्ष नेताहरू तीव्र रुपमा छलफलमा लागेका हुन्।