
६ जेष्ठ २०८० शनिबार
आइतबार देशका चारवटा प्रदेशमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेस प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । आइतबार राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।