
सोमबार, ९ माघ २०७९
नेपालले गर्व गर्न लायक व्यक्तित्व हुन डा। सन्दुक रुइत । मोतियाबिन्दुका कारण नेत्रज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीलाई आँखा देखाइदिएका उनले विश्वका अन्य देशहरूमा पनि गएर सेवा गरेका छन् ।
विश्व समुदायमा नेपालको नाम चिनाउन त्यो पनि चिकित्सा प्रविधिमा उनले पुर्याएको योगदानलाई सबैले उच्च प्रशंसा गर्नैपर्छ ।
मोतियाबिन्दु उपचार गर्ने सरल विधि ९इन्ट्राअकुलर लेन्स० को विकास गरेर अन्धोपना हटाउन खेलेको भूमिकाको योगदान गर्दै हालै उनलाई अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।
बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले सन् २००९ मा पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरेको ‘इसा अवार्ड फर सर्भिस टू ह्युमानिटी’ संस्थाले उनलाई ‘इशा अबार्ड’बाट सम्मानित गरेको छ । पुरस्कारको राशि १० लाख अमेरिकी डलर रहेको छ ।
आफू पुरस्कृत भएको खबर पाउँदा उनी बिरामीको उपचारमा व्यस्त थिए । सुरुमा उनको मोबाइलमा एसएमएस आएको थियो । त्यसपछि पुरस्कारबारे फोनबाट जानकारी भएको थियो ।
उनले अवार्ड प्राप्तले आफूले ३५ वर्ष काम गरेको प्रतिफल पाएको बताए । पुरस्कारले नेपालीलाई संसारको मानचित्रमा नेपालले राम्रो काम गर्दा रहेछ भन्ने देखाएको उनको भनाइ छ । आफ्नो क्षेत्रबाट नेपालीको आत्मसम्मान, प्रतिष्ठालाई बढाउन पाएकामा उनी आफ्नो जीवनलाई सार्थक ठान्छन् ।
उनले सुरुमा पुरस्कार पाउने खबर सुन्दा आफूलाई विश्वास नलागेको बताए । त्यस अवार्डका लागि एक सय ४५ व्यक्ति तथा संस्थाले मनोनयनमा दर्ता गराएका थिए ।