Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home खेलकुद

पूर्वाञ्चल ऐकेडेमी र कोशी मोडललाई प्याब्सन स्पोर्टस मिटको उपाधि

radio by radio
३ वर्ष अगाडि
in खेलकुद
0
पूर्वाञ्चल ऐकेडेमी र कोशी मोडललाई प्याब्सन स्पोर्टस मिटको उपाधि
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

सोमबार, ९ माघ २०७९

१२ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल ऐकेडेमी र विराटनगरमा रहेको कोशी मोडल स्कुलले जितेको छ ।

You might also like

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

वेस्ट इन्डिजविरूद्धको सिरिजबारे नेपालका कप्तान र सहायक प्रशिक्षकको भनाइ यस्तो छ

साफ यू-१७ महिला च्याम्पियनसिपमा बंगलादेशसँग खेल्दै नेपाल, जित्नैपर्ने दबाब

विराटनगरमा आइतबार सम्पन्न भएको प्याब्सन स्पोर्टस मिटमा कक्षा १० सम्मको बिजेता पूर्वाञ्चल एकाडेमी र प्लसटुतर्फ कोशी मोडल स्कुलले उपाधि जितेको हो ।

पूर्वाञ्चल ऐकेडेमीले १० स्वर्ण, ५ कास्य र ५ रजक पदकसहित ७३ अंक ल्याएर कक्षा १० सम्मको बिजेता भएको हो । कोशी मोडलले प्लस टुतर्फ ३० अंकसहित प्याब्सन स्पोर्टस मिटको उपाधि हात पार्न सफल भएको हो ।

प्याब्सन स्पोर्टस मिटको कक्षा दशसम्मको द्धितीय २ स्वर्ण, ४ रजत, १ कास्य पदकसहित २४ अंक ल्याएर सुन्दरहरैचा नगरपालिकामा रहेको सिद्धार्थ स्कुलले भएको छ । तृतीय ग्रामथान २ मा रहेको जनक मेमोरियलले ५ कास्य, १ रजत पदक सहित १७ अंक ल्याएको छ ।
चौथो भएको हरैचा मोडलले स्वर्ण, तीन रजक पदक सहित १४ अंक ल्याएको छ । पाँचौ लेटाङ ग्रिन भ्याली भएको छ । ग्रिन भ्यालीले २ स्वर्ण पदकसहित १३ अंक ल्याएको छ ।

यसैगरी प्सटु तर्फको द्धितीय २८ अंक ल्याएर सिद्धार्थ स्कुल र तृतीय २० अंक ल्याएर सगरमाथा स्कुल भएको छ । चौथो विराटनगरको एभरेष्ट र ब्राइट फियुचर स्कुल भएको छ । उनीहरुले समान २०÷२० अंक ल्याएको छ ।

प्याब्सन स्पोर्टस मिट अन्र्तगत आइतबार विहान सम्पन्न भएको रोड रेस प्रतियोगितामा तीन वटा स्कुल विजयी भएको छ । मोरङको रंगेलीस्थित मिनील्याण्ड, लेटाङको पब्लिक सेन्ट्रल र ग्रिनभ्याली स्कुल प्रथम भएको हो ।

३ किलोमिटर रोडरेस प्रतियोगिताको प्रथम मिनील्याण्ड स्कुलका दिपक सरदार भए । उनले ६ मिनेट ४४ सेकेण्डमा तीन किलोमिटरको दुरी पार गरेका थिए ।

यस्तै द्धितीय सुन्दरहरैचास्थित सिद्धार्थ स्कुलका प्रकृती लिम्बु र तृतीय पथरीको एभरेष्ट स्कुलका समिर राई घोषित भए ।

यस्तै दुई किलोमिटर छात्रतर्फको प्रथम लेटाङको पब्लिक सेन्ट्रलका मनोज राई, द्धितीय ब्राइट फियुचर स्कुलका निशान्त श्रेष्ठ र तृतीय पूर्वाञ्चल एकाडेमीका सुजन तामाङ घोषित भए ।

यसैगरी छात्रातर्फको प्रथम ग्रिनभ्याली स्कुलकी यानी लिम्बु, द्धितीय पूर्वाञ्चल एकाडेमीकी विमला विक र तृतीय सिद्धार्थ स्कुलका सोफिया थापा घोषित भइन् ।
यसैगरी चार सय मिटर छात्रतर्फको प्रथम बेलबारीको माउन्ट एभरेष्ट स्कुलका जमसेत अली, द्धितीय पूर्वाञ्चल एकाडेमीका स्वयल चौधरी र तृतीय जीवन विकास पब्लिक स्कुलका रोहन शर्मा भएका छन् ।
सोही विधाको छात्रातर्फको प्रथम पूर्वाञ्चल एकाडेमीका मनिषा कार्कीृ, द्धितीय जनक मेमोरियलका सन्ध्या खाँ र तृतीय बालप्रतिभा स्कुलका सोनी गुरुङ घोषित भइन् ।

भलिबलको उपाधि चार स्कुललाई
प्याब्सन स्पोर्ट्स मिट अन्र्तगत भलिबल प्रतियोगिताको बिजेता चार स्कुल भएका छन् ।
आइतबार सम्पन्न भएको फाइनलमा विराटनगरको कोशी मोडल, सुन्दरहरैचाको ब्राइट फियूचर, बुढीगंगा गाउँपालिका १ मा रहेको मोरङ पब्लिक र रंगेली नगरपालिका १ बवियाबिर्तामा रहेको सनरे स्कुलले भलिबलको उपाधि जितेको हो ।
कक्षा ११ र १२ तर्फको छात्रतर्फको भलिबलको फाइनलमा कोशी मोडलले सिद्धार्थ स्कुललाई २४–२६, २०–२५ र ९–२५ को सोझो सेटले हराउँदै कोशी मोडलले उपाधि जितेको हो । उपबिजेता सिद्धार्थ स्कुल भयो । तृतीय पथरीको एभरेष्ट र सान्तवना उर्लाबारीको भृकुटी मोडल भएको छ ।
यसैगरी कक्षा ११ र १२ छात्रातर्फको भलिबलको उपाधि सुन्दरहरैचाको ब्राइट फियुचर स्कुलले जितेको छ । ब्राइट फियुचरले कोशी मोडललाई २५–२, २५–९ को सोझो सेटले हराउँदै उपाधि जितेको हो । तृतीय पथरीको एभरेष्ट स्कुल भएको छ ।
कक्षा १० सम्म भएको छात्र भलिबल प्रतियोगितामा सनरे सेकेण्डरी बोर्डिङ स्कुलले विराटनगरको मोर्डन ऐरा स्कुललाई २५–२३ र २५–१७ को सोझो सेटले हराउँदै सनरेले उपाधि जितेको हो ।
यस्तै सोही विधाको छात्रातर्फको बिजेता मोरङ पब्लिक स्कुल भएको छ । मोरङ पब्लिकले लेटाङको ग्रिनभ्यालीलाई ११–२५, २५–२३, २५–१७, ३–२५ सेटले पराजित गरी मोरङ पब्लिक स्कुलले उपाधि जितेको हो ।
भलिबलमा छात्रातर्फ १८ र छात्रातर्फ ९ वटा स्कुलको सहभागि रहेको थियो ।

फुटबलको उपाधि सिद्धार्थ स्कुललाई
प्याब्सन स्पोर्टस मिट अन्तर्गत फुटबलको उपाधि सुन्दरहरैचा १० मा रहेको सिद्धार्थ स्कुलले जितेको छ । बेलबारीमा रहेको शिक्षा सन्देश स्कुललाई ट्राइब्रेकरमा ५– ४ गोलले हराउँदै सिद्धार्थ स्कुलले फुटबलको उपाधि जितेको हो ।
निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि ट्राइब्रेकरबाट खेलको छिनोफानो भएको थियो ।
फुटबलमा तृतीय ब्राइट फियुच स्कुल भएको छ । ब्राइट फियुचरले सुनगाभा स्कुललाई ट्राइब्रेकरमा ५–४ गोलले पराजित ग¥यो ।

तीन स्कुल टेबल टेनिसको बिजेता
प्याब्सन स्पोर्टस मिट अन्तर्गत टेबल टेनिसमा तीन स्कुल विजयी भएको छ । टिम इभेन्ट छात्रतर्फको प्रथम विराटनगरको एभरेष्ट स्कुल र द्धितीय सगरमाथा भएको छ । यस्तै सोही विधाको छात्रातर्फको प्रथम सगरमाथा र द्धितीय कोशी मोडल स्कुल भयो ।
यसैगरी टेबल टेनिस छात्र सिंगल तर्फको प्रथम एभरेष्ट स्कुलका एन्जल पन्त, द्धितीय सगरमाथा स्कुलका निकिता तामाङ भइन् । तृतीय सगरमाथाका सुरवी प्रधान र एभरेष्ट स्कुलका सोनाम खातुन भइन् ।
सोही विधाको सिंगल छात्रातर्फको प्रथम ग्यालक्सी पब्लिक स्कुलका प्रत्यूष ढकाल, द्धितीय उज्जल तामाङ भए । तृतीय सगरमाथा स्कुलका अनुभव तिम्सिना र एभरेष्ट स्कुलका प्रतिक कार्की घोषित भए ।

मनिषा कार्की सर्वोत्कृष्ट खेलाडी
प्रतियोगितामा पूर्वाञ्चल ऐकेडेमीको कक्षा ९ मा अध्ययरत मनिसा कार्कीले चार स्वर्ण पदक जित्दै सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । उनले प्रतियोगिताभरीमा चार स्वर्ण पदक जितेकी छिन् । उनी ट्रयाक एण्ड फिल्ड विधामा सर्वोत्कृष्ट भएकी हुन् ।
उनले १६ सय मिटर दौड, ट्रिपल जम, सिंगल ४ सय मिटर दौड, समूह चार सय मिटर दौडमा स्वर्ण पदक जितेकी छिन् ।
सोही विधामा छात्रतर्फको सर्वोत्कृष्ट खेलाडी पूर्वाञ्चल ऐकेडेमीका सोयल चौधरी घोषित भए । उनले खेलअवधीभरी २ स्वर्ण, २ रजत पदक जितेका छन् ।

बिजता हुने विद्यार्थीहरूलाई कार्यक्रमको प्रमुख अतिथि प्याब्सनको केन्द्रीय सल्लाहकार टिकाराम पुरी, केन्द्रीय उपाध्यक्ष राजेश कुमार दास, सचिब हेमन्त कुमार कार्की, प्रदेश १ अध्यक्ष टिकाराम ढकाल, सल्लाहकार सुनिल पौडेल, मोरङ अध्यक्ष सितला सुब्बा, अभिभाव संघ प्रदेश १ का अध्यक्ष देवी पन्थिलगायतले पुरस्कार वितरण गरेका थिए ।

Previous Post

हर्क साम्पाङले धरानमा चलाए डोजर, स्थानीय र सुरक्षाकर्मीबीच झडप

Next Post

नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्यस्थल बनाउन सकिन्छ स् डा। रुइत

radio

radio

Related Posts

खेलकुद

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

by radio
खेलकुद

वेस्ट इन्डिजविरूद्धको सिरिजबारे नेपालका कप्तान र सहायक प्रशिक्षकको भनाइ यस्तो छ

by radio
खेलकुद

साफ यू-१७ महिला च्याम्पियनसिपमा बंगलादेशसँग खेल्दै नेपाल, जित्नैपर्ने दबाब

by radio
खेलकुद

भुटानविरूद्ध बराबरीमा रोकियो नेपाल

by radio
खेलकुद

इटहरी गोल्डकप : सगरमाथा युथ क्लब मोरङ अन्तिम चारमा

by radio
Next Post
नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्यस्थल बनाउन सकिन्छ स् डा। रुइत

नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्यस्थल बनाउन सकिन्छ स् डा। रुइत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

नागढुङ्गा सुरूङमार्ग ‘ब्रेक–थ्रु’, प्रधानमन्त्रीले भने,‘ राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्छ’

नागढुङ्गा सुरूङमार्ग ‘ब्रेक–थ्रु’, प्रधानमन्त्रीले भने,‘ राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्छ’

अम्बे सहकारीका अध्यक्ष फडिन्द्र मगर सहित ५ जना पक्राउ : ५ हजार बचतकर्ताको ४२ करोड बढी रकम अपचलनको आरोप

अम्बे सहकारीका अध्यक्ष फडिन्द्र मगर सहित ५ जना पक्राउ : ५ हजार बचतकर्ताको ४२ करोड बढी रकम अपचलनको आरोप

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.