
१ फागुन २०७९
किमाथांका रानी व्यापारीक मार्गको सिमा भित्र पर्ने संरचनाहरु खाली गराउने कार्यलाई इटहरी उपमहानगरपालिकाले निरन्तरता दिएको छ ।
उत्तरी छिमेकी मुलुक चिन देखि दक्षिणी छिमेकी मुलुक भारतलाई स्थलमार्गबाट जोड्ने गरी निर्माण भई रहेको व्यापारी मार्ग निर्माण कार्यमा सहयोग पुर्याउन उपमहानगरपालिकाले सडक क्षेत्रमा पर्ने संरचनाहरु खाली गराउन थालेको हो ।
केही दिन अघि इटहरी उपमहानगरपालिका वडा नम्बर ९मा सडक क्षेत्रमा रहेका संरचनाहरु भत्काएको उपमहानगरपालिकाले ६लेन सडक निर्माण कार्यलाई सहज वनाउन सडक क्षेत्र खाली गराउने कार्यलाई निरन्तरता दिएको उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । क्ष्ःन्)ज्ञटढज्ञ
६लेन सडकले सडक क्षेत्रमा रहेका संरचना खाली गराउन आग्रह गरे बमोजिम उपमहानगरपालिकाले सुचना जारी गरेपनि सुचनालाई अटेर गर्नेहरुको संरचना भत्काइएको समेत नगरप्रमुख पौडेलले वताए ।

उपमहानगरपालिका क्षेत्रको वडा नम्बर ९ र ६मा पर्ने केही संरचनाहरु नभत्काइएको कारण किमाथांका रानी त्रिदेशिय व्यापारीमार्ग निर्माण कार्य सो ठाउमा हुन सकिरहेको छैन ।