Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home विचार

पाका मानिस खुसी र सुखी हुने उपाय ,

radio by radio
३ वर्ष अगाडि
in विचार, विविध, समाचार
0
पाका मानिस खुसी र सुखी हुने उपाय ,
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बिहीबार, १८ फागुन २०७९

हरेक उमेर समूहमा बुझाई र आवश्यकता अनुसार सुखी र खुसी हुने सोचाई र तरिका फरक फरक होलान् । प्राय पाको उमेरमा पुगेपछि मानिस आफ्नै परिवेशमा आएको परिवर्तनलाई स्वीकार नगर्ने र पुरानै ढर्रामा निर्लिप्त हुन खोज्दा असन्तोषी भई सधैँ सुस्केरा हालेर बसेका देखिन्छन् । त्यस्तै, कम उमेरकाले पाका मान्छेका अनुभव, ज्ञान र सिपको कदर नगर्ने र बेवास्ता गरिदिँदा पनि झन् पुस्तान्तरणको खाडल बढ्न थाल्दछ । निरन्तरको त्यस्तो व्यवहारले असक्ततातिर उन्मुख पाका मान्छेमा आधुनिक कहलिएका नयाँ पुस्ताप्रति पूर्वाग्रह मौलाउँदै जान्छ । फलस्वरूप विविध उमेर समूहबिच सहिष्णु, सकारात्मक र मेलमिलापको सट्टा घृणा, हेलाँ होचो, वैमनस्य, नकारात्मक सोचाई प्रभावी भई पुस्तान्तरण लुप्तता कायम हुन जान्छ । यस्तो अवस्थाले एक परिवार मात्र होइन पूरा समाजलाई प्रभावित गर्‍यो भने मानव समाजको विकास कता जाला रु अनुभव र उमेरको गाम्भीर्य ताको हिसाबले पाका मान्छे नै जिम्मेवार भएकाले सकारात्मक सोचाइको बीजारोपण आफैँबाट सुरु गर्नुपर्ने देखिन्छ । छ दशकभन्दा बढीको ज्ञान, सिप र अनुभवले पाको भएको उमेरमा के कसो गर्दा हाँसी खुसी बाँकी जीवन बिताउन सकिएला, यसो तयारी गरौँ है ।
सबै मानिसका पाको उमेर अनुभव, ज्ञान र सिपले परिपक्व तथा सुनौला मानिन्छन् । त्यसैले त गाह्रो साँघुरो पर्दा ‘कुरा सुन्नु बुढाबुढीको’ भन्ने आहान चलेको होला । अपठित र पदमा नपुगेका मान्छेको पनि अनुभव यदि सिप र ज्ञानयुक्त छ भने ठुला विश्वविद्यालयमा पढेर ठुलै पद पाएकाकोभन्दा बढी दक्षता हुँदो रहेछ ।
पहिला काठमाडौँको लगन टोलमा उचाइका कारणले पानीको अभाव थियो, मानिसहरू यङ्गाल र ओम बहालतिर जान्थे । २० को दशकमा पानी निकाल्न भनी विदेशी इन्जिनियरसहितको समूहले निकै परिश्रम गरी फलामे ढुङ्ग्रोसम्म गाडे, तल पाताल कुवाको पानी आएन । स्थानीय भूगोलका जानकार एक जना पाका कौ ९फलामको काम गर्ने०, उनीहरूको काम र तरिकाबारे चासो राखी नियाल्दा रहेछन् । पानीको सतहमा पाइप पुग्दा पनि पानी नआएकाले विदेशी बडो चिन्तित भई काम छोड्ने बिचार गरेछन् । ती पाका कौले चाल पाई त्यहाँ गएर समस्या बुझ्न खोजेछन् । उनले त्यसपछि लामो फलामे डन्डी र ठुलो घन ल्याई ‘मैले जानेको गरूँ किरु’ भनेछन् । ‘कस्ता कस्ता कति पढेकाले नसकेको काम जाबो कौलेरु’ भनी केहीले ओठ लेप्र्याएछन् तर उहाँलाई काम गर्न दिएछन् । कोले गाडिएको पाइपमा धेरै बेर डन्डी भित्रबाहिर गर्दै घनले हिर्काउँदै परिश्रम गरेछन्, ससाना गेग्र्यानसहित हिलो पानी आएछ । अन्तिम घनको ठोकाई पछि ठुलो ढुङ्गो फुटेको कप्टेरोसहित पानीको फोहरा छुटेछ । पाका मान्छेको सिप र ज्ञानको स्तर जाँच्न यो राम्रो उदाहरण होइन र रु
संयुक्त परिवार र सामूहिक संस्कृतिको विचलनले पूर्वीयभन्दा पश्चिमी संसारलाई आक्रान्त पारेको छ । आजकाल पश्चिमा पूर्वीय समाज कसरी टिकेको छ भन्नेतिर बढी लहसिएका छन् । लिन्डसे फ्यान्सीका भनाइमा ‘पाको उमेर जीवनको सुनौला अवस्था हो र यसलाई पाका मान्छे आफैँले खुसिका साथ बिताउनु पर्छ’ भन्छन् । सबै उमेर समूहले सुख र खुसी खोज्छन् तर उमारिएका पाका मान्छेले मात्र कसरी सुखी खुसी रहने भन्ने आफ्ना अनुभवबाट अरूलाई सिकाउने अवसर पाउन सक्छन् । अरूले होइन, आफैँ अघि बढेर कम्तीमा सात वटा तरिका व्यवहारमा लगाई ‘बुढेसकाल होइन मानिलो काल’ बनाउन पाका मान्छेलाई उनी सल्लाह दिन्छन् ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

आफ्नो परिवार र साथीभाइमा हिरिक्क
उमेरिँदा खुसि रहने मूल साँचो नै सामाजिक सम्बन्धहरू हुन् । साथीभाइ र परिवारजन नै उमारिएका पाका मान्छेका अप्ठ्यारो फुकाइ दिने आफन्त हुन् । तपाईँको विशेष दिन वा चाडपर्वमा वरिपरि झुम्मिने तिनै हुन्छन्, त्यसैले त्यस्ता अवसर पारेर उनीहरूलाई फोन गर्नोस् र ‘भेट्न सकिन्छ कि रु सबै घरपरिवारकाले सम्झिरहनेछन्, कहिले आउने रु’ भनी निम्ता गर्नोस् । ‘उनिहरू बिना त खल्लो हुन्छ’ भनी यसो चिप्लो पनि घस्नोस् र ‘मिलेसम्म आउन’ भन्नोस् । भेट्न नआउने जस्तो लागे ‘आफूलाई एकदम भेट्न मन लागेकाले कुन दिन र बेला आउँदा भेट्न सक्छु, कहिले कुराकानी गर्न मिल्छ रु म एक्लै भए पनि आउँछु, मिल्ला नि’ भनी सोध्नोस् । त्यसरी अरूको महत्त्व दिई कुरा गर्दा ‘बडो खातिर गर्ने मान्छे’ का रूपमा तपाईँलाई मन पराउन अरू बाध्य हुन्छन् । अझ परिवारमा एक्लै भएका एकल पाका नागरिकले त यस्तो सम्पर्क बढाउन बढी नै कोसिस गर्नुपर्छ । त्यस्तो सम्बन्ध विकसित गरेमा परिवार भए अरूसँग मिलजुल बढ्छ भने पाका एकललाई त केही क्षण भए पनि गफ गर्ने र रमाइलो गर्ने साथी मिल्छ । एकाङ्गी जीवनमा नयाँ पुराना कुरा दोहोलो काट्ने अवसरका साथै समय रमाइलोमा काट्न पाउनु र अरू उमेर समूहका लागि पनि मिलजुल बढाउने बाटो सिकाउनु पाका मान्छे नै अघि सरेर मात्र हुने काम हो ।

हँसिलो रहनोस्
सुन्दा त सजिलो लाग्छ तर पहरामा फुलेको फुलझैँ सधैँ र आतपमा पनि हँसिलो रहनु एकदमै गाह्रो काम हो । फेरी पाको मान्छे उमारिँदा किशोर किशोरीझैँ ङिच्च ङिच्च गरिरहनु पनि अस्वाभाविक हुन्छ । त्यसो भए पनि बुझ्न के जरुरी छ भने हँसिलो अनुहार लाउँदा खुसि सुखि अवस्थामा शरीरभित्र उत्पन्न हुने विभिन्न जैविक रस र पदार्थ निस्कने प्रक्रियालाई पुनरुत्पादन र सक्रिय गरिदिन्छन् । भित्री फाइदाले मस्तिष्कलाई पनि प्रभावित पार्छ भने बाहिरी अनुहार, छाला र हँसाइअनुसार मांसपेशीको खुम्चिने तन्किने व्यायाम भई स्वास्थ्य राम्रो बनाउन मद्दत पुग्छ । पाका मान्छेले आफू हँसिलो बन्ने र आफूमुनिका प्रियजनलाई ‘अरू बेला नभ्याए बिहान उठ्नासाथ आज उठियो, मानिला मान्छेको निर्देशनमा अब दिनभरि राम्रो काम गर्छु । भनी ऐना अघि मुसुक्क हाँस्दै भनेर मात्र ओछ्यान छोड्नु’ भनी सिकाउनु पर्छ । यसरी पूरा परिवार नै हँसमुख दिनभरि रहने अवस्था सिर्जना गर्न पाका मान्छे नै अघि सरेमा पाका मान्छेको सामाजिक कर्तव्य पुरा हुन्छ ।

नयाँ चाहना राख्नुहोस्
आफ्नो साधन स्रोतले भ्याएसम्म हरेक दिन नयाँ चिजबिज, ठाउँ हेर्ने र साथी बनाउने चाहाना राख्नुहोस् । अनुभवको खानी पाका मान्छेले मस्तिष्क र शरीरको पुनर्ताजगीकालागि योग्यताअनुसार प्रवचन दिने र छलफलमा भाग लिनु पर्छ । हो, विषय विज्ञ छु भन्दैमा लिसोजस्तो पनि नहुनु होस् बरु तपाईँको विज्ञताको प्रशिक्षार्थीलाई अभाव र पछि आभास पनि हुने गरी तयारी गर्नुहोस् । तपाईँको तयारीपूर्ण प्रवचन र छलफल सुन्नेलाई सन्तुष्टि दिने र सिक्ने अवसर होस् । त्यसोभरमा तपाईँको चाह परिवार र समाजलाई अरू बढ्छ र नयाँ नयाँ माग आउन थाल्छ अनि तपाईँको व्यस्तता अरुका लागि शिक्षा बन्छ । नयाँ थाहा पाएका हरेक जानकारी पनि त्यसै गरी सम्प्रेषण गर्न अघि बढ्नु होस्, तपाईँलाई कति मज्जा लाग्नेछ ।

स्वस्थ्य रहनुहोस्
ससाना मौसमी स्वास्थ्य समस्याले पनि तपाईँको खुसी खोस्न सक्छ । बेलैमा सतर्क रहनुहोस् र बच्ने जोहो गरिहाल्नोस् । दैनिक क्रियाकलापमा लतरपतर र होस्ल्याङे चाल गर्नु आफ्नै कुभलो गर्नु हो । नगर्नोस्, बरु दैनिक रुपले सिक्दै चुस्त दुरुस्त रहने कोसिस गर्नुहोस् । झिना मसिना कुराले ठुलो रूप लिन सक्छ र समस्याको पहाड ओइरिन सक्छ । दुखको सुरुआत भई खुसी हराउने सम्भावना हुन्छ । भान्छाको काम, खानपान, मर्मत सम्भार, करेसाबारी र कौसी बारीका घरायसी कामकाज गर्दा होसियारीपूर्वक गर्नुहोस् । क्षणिक आवेगमा गर्ने, सानातिना दुर्घटना भनेर बेवास्ता गर्ने र सानो कुरामा पनि बढी आत्तिने बानी छोड्नुहोस् । काम गर्दा हुन सक्ने काट्ने, घोच्ने, पोल्ने, चोट लाग्ने र दुख्ने कुरामा गम्भीर भई उपचारको तयारी गर्नुहोस् । ‘बेलामा गरिएको एक टाँकाले नौ टाँका बचाउँछ’ भन्ने उखान लामो अनुभवको प्रस्तुति हो, उखानै मात्र होइन १ उमारिँदा सामान्यतया नियमित शारीरिक जाँच पड्ताल गर्न चिकित्सकको सल्लाह लिने गर्नुपर्दछ । रोग लागेको छ भने त त्यसै रोगसँग सम्बन्धित भएर बेलाबेला जँचाउनुनै पर्छ । त्यसै बेला शङ्का लागेका, अशक्त हुन खोजेका र असामान्य हुन खोजेका भागबारे पनि थप जाँच गराउन सकिन्छ । केही बिराम नभए पनि स्वस्थ रहने उपायबारे चिकित्सकसँग सल्लाह लिन सकिन्छ । सुस्त, अल्छी भएर सरिर बिगार्नु भन्दा सामान्य व्यायाम गर्ने बानी नै नियमित गरिरहनु पनि शरीर स्वस्थे बनाउने उपाय हुन् ।

ख्यालठट्टाको स्थिति बनाउनुहोस्
पाका मान्छे ख्यालठट्टा गर्नै जान्दैनन् वा जानेका पनि बिर्सिसके भन्ने भनाई काल्पनिक हो । अरूले भनेका रमाइला, रसिला र हाँस उठ्दो कुरामा कोही पेट मिचिमिची हाँस्न र कोही अर्थपूर्ण ढङ्गले मस्कन जान्दछन् । त्यसैले पाका मान्छेले खित्का छोड्ने गरी हँसाउने कुरा अरूले पनि गर्नुपर्छ र पाका मान्छेले पनि अरूलाई मन पर्ने, हाँसो लाग्ने कुरा बेलाबेला भनी रमाइलो गर्नुपर्छ । एक क्षणको हाँसोले कैयौँ चिन्ता गराउने बिचार र पिरले पाकेको अशक्त भनिएको मनबाट उडाएर शारीरिक मानसिक व्यायाम नै गराएको हुन्छ । मानसिक अस्वस्थता र चिन्ता लखेट्न हाँस्य प्रधान सिनेमा, साहित्य र कुराकानी दिनमा एक पटक भए पनि हेर्ने, पढ्ने र सुन्ने सुनाउनु गर्नु फाईदाजनक हुन्छ । यस्ता क्रियाकलापले पाका महिला र पुरुष दुबैलाई हित गर्छ । पाका मान्छेले सक्रियता लिई बेलाबखत नाचगान, उत्सव र घरायसी कार्यक्रम पनि राखेर पुरै परिवार सम्मिलित रमाइलो वातावरण बनाउने काम गर्नुपर्दछ ।

हरेक दिन बाहिर निस्कनुहोस्
घरमा एकै ठाउँ थुप्रिएर सधैँ बसिरहने गर्नुहुन्न, हिँडडुल नै नगर्नु, सकेको शारीरिक श्रम नगर्नु सुख पाउने तरिका होइन । यस्तो स्वभावले रोग व्याध बढाउने मात्र होइन पारिवारिक वैमनस्य र किचलो बढाउन सक्छ भने नयाँ कुरा कम भई मानसिक चिन्ता बढाउँछ । घमाइलो वातावरण मानसिकता उन्नत बनाउने अचुक औषधि मानिन्छ । त्यसैले त कुहिरो तुवाँलो लागेका जाडा महिना, झ्याउँ झ्याउँ पानी पर्ने बर्सातका दिन राम्रो मानिन्न । घाम सहन सक्ने उज्यालो दिन र टहटह जुनेली रात सबैको मनमोहक र प्रशासित भएको छ । यस्तै समयमा लट्ठिएर कति सिर्जनात्मक मगजका साहित्यिक रचनाको रास यस्तै बेला फुरेको पाइन्छ ।
परिवारका सदस्यलगायत पाका मान्छे आफैँ पनि घमाइलोमा दिनको एक पटक घुम्न बाहिर निस्कनै पर्छ । हिँड्न सके ससाना प्रियजनलाई डोहोर्‍याएर बाटोघाटोमा निस्कनु, इष्टमित्रकोमा जानु र बजारतिर घुम्नुको मज्जै बेग्लै छ । घर वरपर खुला चउर र हरियाली छ भने एक छिन नाङ्गै खुट्टा हिँड्नु पनि आनन्द पाउने अर्को पाटो हुन्छ । त्यस्तो मिलेन भने घरमा घाम आउने ठाउँ, कौसी, बार्दली, बुर्जा वा जान मिल्ने छत भए त्यतै घाम ताप्दै रमाइला कल्पना गर्न सकिन्छ । दिउँसोको खाजा खाने भान्छा कोठा घरका सुरक्षित खुला ठाउँ बनाउन सकिन्छ । कहिलेकाहीँ आफैँ नसके जाँगर भएका प्रियजनलाई तेल घसिदिन भन्न सकिन्छ । पाका उमेरमा भिटामिन डी को कमी र सुख्खा छाला रोगको अर्को स्रोत हो ।
पाका मान्छे घर व्यवहारमा सजिला काम गरेर मद्दत गर्न सक्छन् । सधैँ एकै ठाउँ बसिरहेर कुँँजीनुभन्दा बेलाबेला बसेको सुतेको ठाउँबाट उठेर दस बिस पाइला हिँडेर हात गोडा तन्काउन सकिन्छ । सकेसम्म सहिष्णु भई घरमै बस्नेले काम गर्न सक्छन् । धेरै अशक्त भई हेरालुको भर छ भने उसकै सहयोगमा हँसमुख भई घाम तापेर दिन अघि बढाउन सकिन्छ । सूर्यको प्रकाश मनोवैज्ञानिक र भावनात्मक स्वास्थ्यको जगेर्ना गर्ने अचम्मको औषधि हो । अझ जाडो महिनामा घाम ताप्न त बिर्सनु हुन्न, किरणको सहयोगमा छालाले सित्तै उत्पादन गरी पाइने भिटामिन डी लिएर हाड, छाला र बिचारलाई स्वस्थ बनाउन अनुभवी पाका मान्छेले पक्कै चुक्दैनन् ।

समुदायमा सेवा गर्नोस्
विभिन्न सेवा व्यवसायमा निश्चित उमेरसम्म सक्रिय भइसके पछि एउटा उमेरमा निवृत्त हुने नियम नै हुन्छ । उमेरमा नियमित कामबाहेक अरू काम गर्ने इच्छा लागेको हुन्छ तर कामप्रतिको जिम्मेवारीले त्यसरी उठेका तृष्णा पुरा गर्न पाइएको हुँदैन । सेवा निवृत्त भएपछि त्यस्ता सबै इच्छा आकाङ्क्षा पूरा गर्न एउटा सूचि बनाऔँ, प्राथमिकताका आधारमा पूरा गर्दै जाने यो सुवर्ण अवसर हो । आफ्नो स्वास्थ्य अनुकूल छ भने यतिखेर फुर्सद भएकाले समयको सीमा नरहँदा सामुदायिक काममा बढिभन्दा बढी समय दिन सकिन्छ । यसले तपाईँको योग्यता, परिश्रम र बिचारको प्रशंसा मात्र बढ्दैन, पाको उमेरमा ‘अझै काम लाग्ने मान्छे भएको’ सावितिले दिने आनन्द अतुलनीय हुन्छ । त्यसो गर्दा तपाइका तन्तुहरू रोमाञ्चित भई मनोवैज्ञानिक लाभ त छँदै छ, शारीरिक व्यायामले तन्दुरुस्तीतिर र तपाइका परिश्रमले सामाजिक रूपले उपल्लो श्रेणीमा पुगेको पत्तै हुँदैन १ सामान्य भरथेग मात्र होइन वयस्क हुँदा आफूले आर्जन गरेका ज्ञान र सिपको भण्डार अरूका लागि खोल्ने यो सजिलो उपाय र उचित ठाउँ हो । तपाईँको कामले पाउने प्रशंसा थामिसक्नु हुँदैन, अनि फुर्सद कहाँ हुन्छ र, आफ्नो एकाङ्गीपनको चिन्ता गरी घरको एकातिर ‘डल्लिएर विरहका गीत गाएर बस्नलाईरु’ समुदायमा परेका समस्यामा आफ्नो ज्ञान र अनुभवले भ्याउँछ भने सहयोग गर्न तत्पर हुन सकिन्छ । अरूको खुसीमा कति धेरै आनन्द आउँछ रु गरेर त हेर्नोस् तपाईँलाई नसा नै लाग्नेछ । यसमाथि धेरै चलखेल गर्न नसक्ने अवस्था भए नयाँ नयाँ सोख उमार्नोस् जस्तोस् हुलाक टिकट जम्मा गर्ने, पत्रपत्रिकामा सम्पादकलाई चिठ्ठी लेख्ने, सार्वजनिक हितमा पत्रपत्रिका अनलाइनलाई लेख पठाउने, चिनजानका र इष्टमित्रलाई चिठ्ठी पठाउने, संस्मरण, आत्मकथा लेख्न थाल्ने, आदि । आफूले गर्न नसके आफ्ना मान्ने साथी वा प्रियजनलाई उनीहरूको फुर्सद हेरी लेखिदिन अनुरोध गर्न सकिन्छ ।

अन्त्यमा,
उपरोक्त किसिमले आफू मात्र होइन परिवारजन र समाजमा पनि आफूबाट खुसी फैलाउने अवसर पाइने हुन्छ । त्यसैले निवृत्त उमेर भनी नीच नमारौँ बरु पुनर्ताजगी हुने अवसर र आफ्ना चाहना पूरा गर्ने अन्तिम सुनौलो मौकाको रुपमा पाको उमेरलाई लिऔँ । यस्तो प्रक्रियामा पाका मान्छे अघि बढे बाँकी जीवन बिना कुनै झन्झट र पिरलो शान्तिपूर्वक बित्छ र सबैको भनाइमा ‘आँखामा हाले पनि नबिझाउने’ बन्न कसले रोक्ला र रु
परिवारमा आफैँ अडबाङ्गे भएर निहुँ खोजिरहने अरूले सब थोक गरिदिउन् भनी गनगन गर्ने बानी पाका मान्छेले पनि त्याग्नु पर्छ । पाको उमेर रुपैयाँ पैसा र सम्पत्तिले मात्र पनि सुखमय हुँदैन, अहिले त बढी चाहिने माया दया हो । यस्तो सकारात्मक अवस्था सिर्जना गर्न पहिला पाका मान्छे नै अग्रसर हुनुपर्छ । ‘आफू भलो त जगत भलो, आफू खुस त जग खुस’ त्यसै भनिएको होइन । शान्त, सुखमय र हाँसिखुसी वातावरण दीर्घायुको मूल कडी हो, यसलाई आफ्नै हितमा र आफ्नो प्रियजनको हितमा आफैँले घर, साथीभाइ र समाजमा बीजारोपण गरौँ । असल बिउको बीजारोपणले झाँगिने, छहारी दिने र फलफूल लाग्ने अवश्य गर्छ । बाउँटिएर घर छोड्ने, जोगी हुने, नभए मेख मार्न भनी आधुनिक पाटी र वृद्धाश्रमतिर आँखा नलगाऔँ । पैसा र सामाजिक धाकमा चलेका वृद्धाश्रम पनि सुखमय छैनन् भनी बुझ्नुपर्छ, हामी पाका मानिसले पनि

Previous Post

युएई विरुद्ध खेल्दै नेपालका दुई टोली, लक्ष्य विश्वकप

Next Post

यूएईलाई ७ रनले हराउँदै नेपाल विश्वकपमा छनोट

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
यू-१९ विश्वकप छनोट: नेपाललाई लगातार तेस्रो सफलता

यूएईलाई ७ रनले हराउँदै नेपाल विश्वकपमा छनोट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

धनकुटा सिधुवा बजारमा आगलागी, तीन घर जले 

धनकुटा सिधुवा बजारमा आगलागी, तीन घर जले 

सुनसरीमा नक्कली सरकारी नम्बर प्लेट प्रयोग गरी गाँजा तस्करी गरेको खुल्यो

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.