
१८ फागुन २०७९
नेपाली क्रिकेटको दुई टोलीले आज युएईको दुई टोलीसँग खेल्दैछ । सिनियर टोली र यू १९ टोली खेल्न लागेका हुन् ।आजका दुई वटै खेल नेपालका लागि महत्वपूर्ण छ । उमेर समूहमा जित निकाले नेपाल विश्वकपमा छनोट हुनेछ । सिनियर टोलीमा जित निकाले सिनियर टोलीको विश्वकप यात्रालाई सहज हुनेछ ।दुवै खेल यूएईमै हुँदैछ । र, दुवै टोलीको अन्तिम लक्ष्य विश्वकप हो । सिनियर टोलीको तुलनामा जुनियर टोली विश्वकपको नजिक छ । आजको खेल जिते नेपाल यू–१९ विश्वकपमा छनोट हुनेछ ।अर्को वर्ष श्रीलंकामा हुने यू– १९ विश्वकपका लागि भइरहेको एसिया क्षेत्रको छनोटको अन्तिम खेलमा आज नेपाल र यूएई खेल्दैछन् । ६ राष्ट्र सहभागी छनोटबाट शीर्ष स्थानमा रहने एक टिम मात्र विश्वकपमा पुग्नेछन् । त्यसैल नेपालका लागि यो खेल जित्नैपर्ने अवस्था छनेपालको सिनियर टोली अहिले लिग टु अन्तर्गत शृङ्खला खेल्न यूएईमा छ । नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई पराजित गरेको थियो । लिग टु को शीर्ष तीनमा रहँदै आगामी जुन–जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने लक्ष्यमा रहेको नेपाललाई यूएईविरुद्धको खेल पनि जित्नैपर्ने छ ।