
बुधबार, फाल्गुण २४, २०७९
आज १ सय १३ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस । ‘लैंगिक समानताको लागि बलियो आधार, सिर्जिनात्मक प्रविधीमा महिला पहुँचको विस्तार’ भन्ने नारासहित महिला श्रमिक दिवस मनाईंदैछ ।संघ, प्रदेश र स्थानीय तह सरकार तथा महिला अधिकारका क्षेत्रमा कार्यरत संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउदै छन् ।
नेपालको संविधान महिला मैत्रि भए पनि कार्यान्वयनमा चुनौती भएको भन्दै सरोकारवालाले संविधान कार्यान्वयनमा जोड दिएका छन्। राज्यका हरेक निकायमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुनिश्चित गरिएको छ।
