Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home अर्थ

सुनचाँदीको भन्सार दर ५० प्रतिशत बढाइएकोमा व्यवसायीको असन्तुष्टि

radio by radio
३ वर्ष अगाडि
in अर्थ, समाचार
0
सुनचाँदीको भन्सार दर ५० प्रतिशत बढाइएकोमा व्यवसायीको असन्तुष्टि
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

बुधबार, १७ जेठ २०८०

नेपाल सुनचाँदी व्यवसायी महासंघले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट बक्तब्यमा सरकारले सुनचाँदीको भन्सार दर ५० प्रतिशतले बढाएकोमा असन्तुष्टि जनाएको छ । बुधबार काठमाडौंमा बसेको महासंघको आकस्मिक पदाधिकारी बैठकले बजेटको नयाँ व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै बजेट नियन्त्रणमुखी र विभेदकारी भएको निष्कर्ष निकालेको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले गत सोमबार संसदमा सार्वजनिक गरेको बजेटमार्फत सुनचाँदीको आयातमा लाग्ने भन्सारदर १० बाट बढाएर १५ प्रतिशत कायम गरिएको छ । यस्तै परम्परागत र रैथाने व्यवसायलाई प्रवर्द्धन गर्ने भनिएको बजेटको नीति भने ठीक विपरित हुनेगरी यो व्यवसायमा थप २ प्रतिशत विलासिता कर समेत लगाउने घोषणा गरिएकोमा महासंघले आपत्ति जनाएको छ । बजेटले गरेको यो व्यवस्थाले सुनचाँदी व्यवसायलाई नियन्त्रण गर्ने मात्र नभई विभेद समेत गरेको छ र यसले व्यवसायीलाई मात्र नभई आम उपभोक्तालाई समेत चर्को मार पर्ने छु महासंघका अध्यक्ष माणिकरत्न शाक्यले भन्नुभयो । नेपालभन्दा अन्य देशमा सुन प्रतितोला १५ हजार रुपैयाँ सस्तोमा पाइने भएकोले त्यसको सिधा असर नेपालमा देखिने उहाँको भनाइ छ । हालसम्म विदेशमा बस्ने नेपालीहरुले विभिन्न माध्यमबाट नेपालमा बनेका सुनका गरगहना लैजाने गरेकोमा अब त्यो अवस्थाको पनि अन्त्य भएको उहाँको भनाइ छ । सरकारको यो निर्णयले अनौपचारिक कारोबार हावी हुन गई सरकारी राजस्वमा समेत असर पर्न सक्ने महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताउनुभयो । महासंघको बैठकले सरकारले यो निर्णय नसच्याएमा विभिन्न निकायमा ज्ञापन पत्र बुझाउने र समाधान नभए आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने निष्कर्ष निकालेको महासंघका प्रवक्ता मनोज साहले बताए । हालसम्म नेपालमा प्रतिकिलो सुनमा ८ लाख ५० हजार रुपैयाँ र प्रतिकिलो चाँदीमा ८ हजार ५ सय भन्सार लाग्दै आएको छ ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

खाडीको कामदारदेखि सिडिओ सम्मको यात्रा

Next Post

राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

आज सहिद दिवस : विविध कार्यक्रम गरी मनाइँदै

Hannah Donker talks being The Weeknd’s love interest in ‘Secrets’

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.