Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home साहित्य / ब्लग

खाडीको कामदारदेखि सिडिओ सम्मको यात्रा

radio by radio
३ वर्ष अगाडि
in साहित्य / ब्लग
0
खाडीको कामदारदेखि सिडिओ सम्मको यात्रा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बुधबार, १७ जेठ २०८०

सिडिओ साहेब, तपाईंको जीवनको बारेमा धेरै बुझ्ने इच्छा छ केही सुनाउनुस् नु भनेर प्रश्न गर्दा मैले मेरो कथा सुनाउन थालेँ।

You might also like

तरहरामा हुने राष्ट्रिय कविता प्रतियोगितामा १० कविता छनोट (सूचीसहित)

खहरेको भेलले मोटरसाईकल बगाउँदा १ महिलासहित २ जनाको मृत्यु !

आमा

सबैले थुकेको यहीँ भूमिमा, पसिनाको कुलो बगाउनु छ। उजाड मरूभूमि ठानिएको प्रहरमा, दुई टुसे बिरूवा हुर्काउनु छ।ु भनेर जिल्ला स्तरीय पब्लिक आवाज प्रतियोगितामा गर्जंदा पूरै कार्यक्रमको हल तालीले गुन्जिएको थियो।

तर परिवारको दायित्व पूरा गर्न खाडी भाँसिदा ुशुभयात्राु भनेर हल्लाउने एउटा हात समेत थिएन।

हुन त आफू बन्न हिँडेको होइन नि, घरको छानो छाउन हिँडेको मान्छेबाट कसले धेरै आशा राख्थ्यो र

यत्तिकैमा अधिकृत साहेबले सुरूदेखि नै सुन्ने इच्छा जनाउनु भयो अनि फेरि सुरू गरेँ, ुसुदूरपश्चिमको मध्यम वर्गीय परिवारमा मेरो जन्म भएको थियो। घरमा बुवा,आमा, दिदी, म र बहिनी थियौं। बुवाको साइकल बनाउने सानो पसल थियो। त्यहीँ सानो साइकल पसल र थोरै खेतले हाम्रो बाल्यकाल राम्रोसँग बितेको थियो। म सानैदेखि पढाइमा अब्बल थिएँ। मेरो पढाइ र बौद्धिकताको गाउँभरि चर्चा थियो। विभिन्न प्रतियोगितामा जितेका कापी र कलमले कापी कलम किन्न पनि पर्दैन थियो।

कहिलेकाहीँ हाम्रो विद्यालयको हेड सर हाम्रो घर आउँदा, ुयो केटोलाई राम्रोसँग पढाउनु पर्छ। यसले सुदूर पश्चिमकै नाम राख्ने छ।ु भनेर बुवासँग कुरा गर्दा आनन्द हुन्थ्यो। सोही अनुरूप मैले २०६० सालको एस।एल।सी परीक्षामा सुदूरपश्चिममै उत्कृष्ट अंक ल्याउन सफल भएँ। त्यो दिन घरमा खुसीको सीमा थिएन।

मेरो विद्यालयको गुरूहरूको सल्लाहपश्चात् मलाई बुवाले महेन्द्रनगरमा प्लस टुमा विज्ञान संकायमा भर्ना गरिदिनु भयो। पूरै मन लगाएर पढेको थिएँ। म महेन्द्रनगर भर्ना भएकै वर्ष मेरो दिदीको विवाह भयो। दाइजो लिनु(दिनु अपराध हो भन्ने थाहा हुँदाहुँदै पनि मैले दाइजो बिना दिदीको विवाह देख्न पाइनँ। बुवाले तैंले कमाइ हाल्छस् नि भन्नुभयो र हाम्रो सानो पाटो खेतको टुक्रा बेचेर दाइजो दिइयो।

बुवाको मप्रतिको विश्वास नै मेरो ऊर्जाको स्रोत बनेको थियो। ११ कक्षाको परीक्षा दिएर म घर पुगेको भोलिपल्ट नै २०७२ सालको विनाशकारी भूकम्पले हाम्रो घरलाई ध्वस्त पारिदियो। घर त ठिकै छस हाम्रो घरको दीपको मुहान मेरी आमालाई पनि त्यस कालले छोडेन। हामी मातृप्रेम र घरविहीन भएका थियौं। सरकारको सहयोग त कुरै छोडौंस हाम्रो गाउँ हेर्न समेत माथिबाट हेली उडेन। छरछिमेकको सहयोगमा सानो कटेरो बनाएर गुजार चलाउन थाल्यौं।

घरको त्यो अवस्था त्यहीँ छाडेर म १२ कक्षा पढ्न महेन्द्रनगर झरेँ। आफ्नो स्थिति उकास्न मैले पढेरै सक्छु सोचेर खुब मेहनत गरेँ र प्लस टुमा ८४ प्रतिशत ल्याउँदै अब्बल भएँ। यो चोटि हाम्रो झुप्रो कटेरो हाँसेको थियो। त्यहीँ रात बुवासँग मैले अब लोक सेवाको तयारी गर्छु भन्दा बुवाले, ुहोइन, अहिले हतार छैन, पहिले पढाइ पूरा गर अनि जागिरको बारेमा सोच्नुु भनेपछि म चुप लागेँ र स्नातक तहको लागि काठमाडौं आए। पूर्ण छात्रवृत्तिमा पढे पनि यहाँको खर्च जुटाउन मलाई सकस थियो। घरमा नहुँदा पनि बुवा घरिघरि पैसा पठाउनु हुन्थ्यो। घरको आर्थिक अवस्था देखेर पनि मैले घरमा पैसा माग्न सकेको थिइनँ। यहीँ घरघरमा ट्युसन पढाएर गुजारा भएको थियो।

दिनहरू बित्दै थिए। म पढाइलाई माया गर्दै थिएँ। बि।एस।सि चौथो वर्षको परीक्षा सकिएकै दिन घरबाट बहिनीको फोन आयो। परीक्षा कस्तो भयो नसोधी एकोहोरो बुवा बुवा भन्न थाली अनि फोन कट्यो।

मेरो मुटुले ठाउँ छोड्यो। अनि मैले पल्ला घरे काकालाई फोन गरेँ। सबै कुरा थाहा पाएर त्यहीँ दिन म घर दौडिएँ। सबै दुस्ख दैवले मेरै टाउकोमा किन दिन्छ भनेर खुब सोचेँ। तर अब के गर्नु१ भन्दै मनलाई आफैले सान्त्वना दिलाएँ।

बुवा बजारबाट घर आउँदै गर्दा गाडीले ठक्कर दिएर भागेछ। बुवा मृत्युको नजिक पुगेको देख्दा मेरो मुटु चिरिएको थियो। आमाले यहीँ काखमा प्राण छोडेको कहाँ बिर्सिएको थिएँ र१ बुवालाई चाँडो गरेर काठमाडौं ल्याइयो।

बुवालाई सरकारी अस्पतालले प्राइभेटमा रिफर गरिदियो। बुवा अचेत हुनुहुन्थ्यो। उहाँलाई आइसियुमा भर्ना गरियो। म दिनभर आफन्तसँग पैसा माग्दै जुटाउँदै थिए। ऋण गरेर भए पनि बुवाको उपचार गराएँ। १५ लाख ऋण भयो तर बुवा त हुनुहुन्छ भन्ने कुराले नै दिदीबहिनी र म खुसी थियौँ।

साँच्चै बहिनीलाई मैले यो अन्तरालमा आमा सम्झेको थिएँ। घर सम्हाल्नु कहाँ सजिलो हुन्छ र१ दिदिीको त्यो आफ्नो घरतिर बाट ऋण खोज्नु र आफ्नो गहना लुकाइलुकाइ बेचेर पैसा दिनु त झन् कहाँ सजिलो थियो र१ क्रान्ति नै थियो।

घरमा बसिरहेको थिएँ। मेरो पहिलेको हेडसर जसले मलाई पढ्नु मात्र भन्नु हुन्थ्योस आज त विदेश जाँ भन्नुभयो। ऋण तिर्नुपर्छ भनेर सम्झाउनु भयो। अब यहीँ सरकारी जागिर गरे पनि ऋण तिर्न नसक्ने बताउँदै मलाई खाडी जान प्रेरित गर्नुभयो।

मनमनै सोचेँ, ुआफैंसँगका गुनासाहरू थोरै समय साम्य भइदिए, सपना र सफलताको मित्रता गाँसिदिने थिएँ। मात्र अब थोरै घडी सबै मौन भएँ, म प्रगति र इमानको मीत लगाइदिने थिएँ। तर मेरो मनले पनि मान्यो र विदेश जाने निर्णय गरेँ।ु

सबेरै उठेका मेरा धमिला आँखाहरू राहदानीको लस्करमा मिचिँदै थिए।

पल्लो गाउँ नपुगेको मेरो कलिलो दृष्टिले सात समुन्द्र तरेको आभास गरेको थियो।

घरको काममा झर्कने मेरो स्वर, आत्मस्वाभिमान गुम्दा पनि कुण्ठा हुँदै मरेको थियो।

आफ्नो माटोले चिरिएका ओठहरू पनि आकाशको जहाज सम्झेर हाँसेका थिए।

मेरो प्रमाणपत्रको उचाइ जति भए पनि साहुको मप्रतिको आत्मीयता घटेको थियो।

खिइएका चप्पलका पाताहरूले मेरो अवस्थाको वर्णन गर्दा बुवाको शिरको टोपी लस्किएको थियो।

बुवा त मान्नु भएको थिएन तर पनि म पहिलो चोटि बुवाको कुरा काटेर देशबाट खाडी मुलुक पलायन भएँ। योचोटि म बुवाको रोदन पछिको हाँसोको लागि कहीँ जाँदै थिएँ। बुवाको नुहेको टोपीको लागि संघर्ष गर्न जाँदै थिएँ। मेरा लागि नभइ मेरो सिङ्गो परिवारको लागि जाँदै थिएँ। ऋणको बिटो बोकेर आँसु लुकाउँदै गएँ र फर्कंदा हाँसो लिएर आउँछु भन्ने मेरो आशा थियो।

म फ्लाइटको लाइनमा हुँदा चौथो वर्षको रिजल्ट आयो, कलेजको अब्बल नम्बर आयो भन्ने खबर पाएँ तर आज म र मेरो घर दुबै दुखी थियौं। पढाइको ट्रान्सक्रिप्ट कुनैमा तारा नदेखेको मलाई जीवनले तारा नै तारा देखाएको थियो।

विदेशको के कुरा गर्नु र१ जम्मा ३ घण्टा सुत्थेँ होला। बिहान गाडी धुने गर्थेँ। त्यसपछि आफ्नो दैनिक कामको लागि तेलको भट्टीमा काम गर्थेँ। साझपख त्यहाँको तरकारी बजारको सरसफाइ गर्थेँ। राति अबेलासम्म होटलको भाडा माज्थेँ। सबै ठाउँमा काम गर्न नपाउने नियम हुँदा पनि म मेरो मजबुरीले लुकीलुकी काम गर्थेँ। जे होस् मेहनत गरेर रातदिन नभनी काम गरेर साहुको ऋण ३ वर्षमै तिरिसकेँ। अर्को वर्ष अलिअलि आफ्नो लागि कमाएर स्वदेश फर्किएँ।

गाउँभरी सबै खुसी भए पनि बुवा खुसी हुनुहुन्न थियो। उहाँको कारण मेरो पढाइ रोकिएको कुरा उहाँको मनमा बिझाएको थियो। मैले त्यो कुरा प्रष्ट बुझेको थिएँ। म विदेशिए पनि पढाइप्रतिको मेरो लगाव कम भएको थिएन। मैले स्वअध्ययन गरिरहेँ। धेरै समय पढाइभन्दा पर भएकाले पढ्न अलि असहज भयो तर मैले बुवाको खुसीको लागि मेहनत गरिरहेँ। परीक्षा दिएँ, परीक्षा सोचेभन्दा राम्रो भयो। त्यहीँ साल संघीय निजामतीको अधिकृतमा पहिलो नम्बरमै मेरो नाम सिफारिस भयो। म हाम्रै जिल्लामा सहायक जिल्ला प्रशासकको रूपमा सिफारिस भएँ। यो दिनको खुसी म वर्णन गर्न सक्दिनँ। सबैभन्दा धेरै खुसी बुबा हुनु हुन्थ्यो। बहिनीको खुसीको पनि सीमा थिएन।

यस्तैगरी म बढुवा हुँदै अहिले यो स्थानमा छु।

यति भनिसकेर वरिपरि हेर्दा सबैको आँखामा आँसु थिए।

कोही बोल्नुभएन अनि मैले यस्तै गरी चल्यो मेरो जीवन भन्न नपाउँदै नासु सरले मेरो बुवासँग भेट्ने रहर बताउँदै मेरो आमा र दिदीबहिनीको तारिफ गर्नु भयो। अनि त्यो दिन मैले सबैलाई मेरै घरमा रात्री भोजनमा बोलाएँ र बुवाको आशीर्वाद पाएर सबै खुसी हुँदै बिदा हुनु भयो।

तपाईं पनि रूँनु त भएन निरु विमानस्थलमा कसैलाई पुर्याउनु वा लिन पुग्नुभएको बेला सम्पूर्ण पलायन हुनु हुने नेपाली दाजुभाइ दिदीबहिनीलाई आफूले नचिने पनि आत्मीयता दिनु भएमा पनि धेरै ठूलो उपकार हुनेछ।

Previous Post

अनलाइन राजश्व सफ्टवेयर तथा पञ्जीकरण तालिम सम्पन्न

Next Post

सुनचाँदीको भन्सार दर ५० प्रतिशत बढाइएकोमा व्यवसायीको असन्तुष्टि

radio

radio

Related Posts

साहित्य / ब्लग

तरहरामा हुने राष्ट्रिय कविता प्रतियोगितामा १० कविता छनोट (सूचीसहित)

by radio
खहरेको भेलले मोटरसाईकल बगाउँदा १ महिलासहित २ जनाको मृत्यु !
अर्थ

खहरेको भेलले मोटरसाईकल बगाउँदा १ महिलासहित २ जनाको मृत्यु !

by Sulav Rijal
आमा
साहित्य / ब्लग

आमा

by radio
खै कस्तो अनौठो मान्छे म
साहित्य / ब्लग

खै कस्तो अनौठो मान्छे म

by radio
आत्म दह
साहित्य / ब्लग

आत्म दह

by radio
Next Post
सुनचाँदीको भन्सार दर ५० प्रतिशत बढाइएकोमा व्यवसायीको असन्तुष्टि

सुनचाँदीको भन्सार दर ५० प्रतिशत बढाइएकोमा व्यवसायीको असन्तुष्टि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

दोहोरो अङ्कले बढ्यो नेप्से

दोहोरो अङ्कले बढ्यो नेप्से

घट्यो सुनचाँदीको मूल्य, तोलको कति ?

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.