Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home साहित्य / ब्लग

तरहरामा हुने राष्ट्रिय कविता प्रतियोगितामा १० कविता छनोट (सूचीसहित)

radio by radio
९ महिना अगाडि
in साहित्य / ब्लग
0
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 विहीबार, ११ बैशाख २०८२,

इटहरी २० तरहरामा यही शुक्रवार ९वैशाख १२० गते हुने राष्ट्रिय कविता प्रतियोगिताका लागि १० वटा कविता छनोट भएका छन् ।‘स्व। कवि नारायण पौडेल स्मृति तरहरा राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०८२’ का लागि प्राप्त भएका ४०६ कवितामध्ये १० वटा कविता छनोट गरिएको हो । निर्णायक समितिले मूल्याङ्कन गरी आज ९मङ्गलबार० छनोट भएका कविता सार्वजनिक गरेको हो ।सार्वजनिक भएका कविहरूमा सप्तरीकी रोमा लम्साल नुराको ‘मानिसलाई रूखको अन्तिम प्रश्न,’ रसुवाकी एलिसा एकलासको ‘पृथ्वीको अन्तिम रूख,’ खोटाङका शुभचन्द्र राईको ‘आशा,’ गोरखाका निशान निष्कर्षको ‘प्रकृतिको व्यायामशालामा आमा,’ सिन्धुपाल्चोकका सुन्दर शिरीषको ‘अनि खतरा बन्छ अक्षर,’ सिन्धुपाल्चोककी डा। स्मिता श्रेष्ठको ‘ईश्वरलाई अपिल,’ इलामका सुवास राई बाङ्देलको ‘ईश्वर भेटिएको वक्तव्य,’ सिराहाका अविनाश भट्टराईको ‘झ्यालको सौन्दर्यशास्त्र,’ दैलेखका दीपिन सिजापतीको ‘सङ्घर्ष र सङ्कल्प,’ र धनकुटाका अनिल सुवेदीको ‘भगवानको म्याराथुन’ शीर्षकको कविता अन्तिम १० छनोटमा परेको हो ।आयोजक समितिका संयोजक मुक्तिनाथ घिमिरेका अनुसार श्री जनसहयोग माध्यमिक विद्यालयमा २०५० सालमा एसएलसी दिएका समूहले आयोजना गर्न लागेको प्रतियोगितामा प्रथम हुने कविलाई नगद ५१ हजार एक सयसहित पुरस्कृत गरिनेछ ।यसैगरी द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कार ९दुई जनालाई० क्रमशः ४१ हजार एक सय, ३१ हजार एक सय र ११ हजार एक सय प्रदान गरिनेछ । छनोट भएकामध्ये अन्य पाँच जनालाई नगद पाँच हजार एक सयसहित पुरस्कृत गरिने उनले जनाए ।

You might also like

खहरेको भेलले मोटरसाईकल बगाउँदा १ महिलासहित २ जनाको मृत्यु !

आमा

खै कस्तो अनौठो मान्छे म

समूहले यसअघि चैत मसान्तसम्ममा कविता पठाउन आह्वान गरेको थियो ।समूहका अध्यक्ष सन्तोष श्रेष्ठका अनुसार नेपालमै सबैभन्दा बढी राशिको प्रतियोगिता भएको दाबी गरिएको छ । सोही कार्यक्रमको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान पु¥याएका आठ जनालाई सम्मान गरिने तयारी छ ।वरिष्ठ कवि एवम् संस्कृतिविद् तुलसी दिवस प्रमुख अतिथिको रूपमा आउनेगरी तयारी पूरा भएको आयोजकले जनाएको छ । छनोट भएका कविहरूलाई वैशाख ११ गते बेलुकासम्म तरहरामा उपस्थित हुनसमेत आग्रह गरिएको छ ।

Previous Post

नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ

Next Post

सर्वोच्चले भन्यो– आन्दोलनरत शिक्षकहरू ३ दिनभित्र विद्यालय फर्की पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू*

radio

radio

Related Posts

खहरेको भेलले मोटरसाईकल बगाउँदा १ महिलासहित २ जनाको मृत्यु !
अर्थ

खहरेको भेलले मोटरसाईकल बगाउँदा १ महिलासहित २ जनाको मृत्यु !

by Sulav Rijal
आमा
साहित्य / ब्लग

आमा

by radio
खै कस्तो अनौठो मान्छे म
साहित्य / ब्लग

खै कस्तो अनौठो मान्छे म

by radio
आत्म दह
साहित्य / ब्लग

आत्म दह

by radio
खाडीको कामदारदेखि सिडिओ सम्मको यात्रा
साहित्य / ब्लग

खाडीको कामदारदेखि सिडिओ सम्मको यात्रा

by radio
Next Post

सर्वोच्चले भन्यो– आन्दोलनरत शिक्षकहरू ३ दिनभित्र विद्यालय फर्की पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू*

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

माया घरमा सुभद्राको नेतृत्वमा नयाँ समिति : ६ वर्षमा ४ हजार बढीको उद्धार ,

माया घरमा सुभद्राको नेतृत्वमा नयाँ समिति : ६ वर्षमा ४ हजार बढीको उद्धार ,

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.