
कविता
अनिता प्रकृति, शुक्रबार, ८ मंसिर २०८०
हरेक सुन्दर बिहानी
एउटा सिंगो रातलाई छिचोलेर हुन्छ।
अनि
जीवन पनि त्यै रात जस्तै हो,
कुनै रात
दिन भरको थकान मेट्न आतुर हुन्छन्,
कुनै आउँदै नआए हुने नि भन्दा नि आउँछन्,
कुनै यति सम्म लामा रात हुन्छन् कि
त्यै एउटा रात छिचोल्न नसक्दा
जीवन नै अन्तिम हुन्छ।
आमा
म जति खुसी थिएँ नि,
हजुरको पाठेघरमा हुँदा थिएँ।
म जति सुरक्षित थिएँ नि
हजुरकै त्यो न्यानो पाठेघर अनि
काखमा थिएँ।
मैले कति गल्ती अन्जानमै गर्थें हुँला
ती गल्तीलाई हजुरले विकासको एउटा
खुड्किलो सम्झेर मख्ख पर्नु हुन्थ्यो।
आमा
म अझै नि कति अन्जान छु।
हजुरले झैं नानी बाबु भनेर मलाई
सम्बोधन गर्दा मेरै आमाको माया जस्तै भनेर झुकिएछु।
हुन त गल्ती मेरै छ आमा
म हजुरले सिकाएको हरेक बाटो हिँडी रहेछु।
तर हजुरको कुनै दोष छैन।
हजुरले १ दिन पनि विद्यालयको ढोका सम्म
कोकिलामा कागजका पाना च्यापेर जानु भएन,
अनि हजुरले आफूले जे सिक्नु भयाे मैले नि त्यै सिकें
सहनशीलता, धर्यता,नम्र स्वभाव,थोरै बोल्ने सत्य बोल्ने
तर त्यो अहिले गलत भै सकेछ किनकि
अहिले ठूल्ठूला विश्व विद्यालय पढ्नेको घुइँचो छ।
अहिले समय परिस्थिति अनुसार चल्नु पर्ने रहेछ।
म त्यै झुकिएछु आमा हजुरको संस्कारमा