Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home साहित्य / ब्लग

आत्म दह

radio by radio
३ वर्ष अगाडि
in साहित्य / ब्लग
0
आत्म दह
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बिहिबार, जेठ १८, २०८०

हेमसागर तिम्सिना (सुमेरु)

You might also like

तरहरामा हुने राष्ट्रिय कविता प्रतियोगितामा १० कविता छनोट (सूचीसहित)

खहरेको भेलले मोटरसाईकल बगाउँदा १ महिलासहित २ जनाको मृत्यु !

आमा

……………………………….

दन्किए पछि भित्रको आगो

यो देखिएको भौतिक आगोले

पोल्न छाडे पछि

हो, त्यस बेला चाहिन्छ शीतलता

तर, आगो लगाएर शीतलता खोज्ने

उफ्१ तिम्रो रोजाई

तिम्रो कस्तो कठोर ठहर

आफैलाई सल्काउने बीभत्स रहर

खै के भनौँ

मित्र यति भन्नु थियो

कि आगो लगाएर शीतलताको प्राप्ति

किम कदाचित हुँदैन

बस यति भन्नु थियो

कि आगोले आगो कहिल्यै निभ्दैन

तर मैले भन्नै नपाइ

तिमिले आगो लगाइहाल्यौ

तिमिले आगो सल्काइ हाल्यौ

आफ्ना सपनाहरूको भन्दा बढी

अर्थोक कुनै चिजको माया लाग्दैन

तर सपना र बिपनाको बिचमा

निरन्तर बगिरहने वर्तमानहरूलाई

यो आजको दुर्दिनहरूलाई

यो सहनै नसकिने क्रूर वास्तविकतालाई

के तिमिले लगाएको आगोले

डढाउन सक्छ

म नै शरीर हुँ

म भित्र आत्मा छैन भन्ने

भौतिकवादको स्कुलिङमा हुर्किएका

सत्तासीनहरूको आत्मामा

तिमिले सल्काएको आगो

के सल्किएला

सदियौँ देखि मात्र मूकदर्शक बनिएका

यी हिउँ भन्दा चिसा मुटु भएका

भुईँ मान्छेका मुटु भित्र

तिमिले लगाएको आगो, दन्किएला

प्रत्येक पल अलि अलि गर्दै

आफैलाई पोल्दै खाँदै

डुलिहिड्ने तिमि म र हामी जस्ता

पानी मरुवाहरूका रक्तधमीनीमा

तिमिले जलाएको आगो रन्किएला

यस्ता कयौँ प्रश्न गर्नु थियो

धेरै बात मार्नु थियो

तर तिमिले आगो लगाइ हाल्यौ

तिमिले आगो सल्काइ हाल्यौ

तिम्रा पद चिन्हहरूमा

अरू कोही हिँड्नु भन्दा पहिले

तिम्रो स्व–दहन गर्दा निस्किएको चित्कार

जसले साबित गरिसकेको छ

कि, आवाज त आगोको पनि हुँदो रहेछ

तिम्रो कठोर रहर भित्रको

निर्मम बाध्यतालाई

बेलैमा उसले बुझिदियोस्

र यो साझा इजलासबाट

तिमिलाई सहिद घोषणा गर्ने

फैसला हुनु भन्दा पहिले

ए, म जस्तै लाग्ने मेरो मित्र

तिमिलाई अँजुली भरिको श्रद्धाञ्जली १

हेमसागर तिम्सिना (सुमेरु)

इटहरी–५, सुनसरी

Previous Post

सुरुवाती चरणमै क्यान्सर पत्ता लागे निको हुन्छ

Next Post

यी हुन आँप खानुको फाईदा

radio

radio

Related Posts

साहित्य / ब्लग

तरहरामा हुने राष्ट्रिय कविता प्रतियोगितामा १० कविता छनोट (सूचीसहित)

by radio
खहरेको भेलले मोटरसाईकल बगाउँदा १ महिलासहित २ जनाको मृत्यु !
अर्थ

खहरेको भेलले मोटरसाईकल बगाउँदा १ महिलासहित २ जनाको मृत्यु !

by Sulav Rijal
आमा
साहित्य / ब्लग

आमा

by radio
खै कस्तो अनौठो मान्छे म
साहित्य / ब्लग

खै कस्तो अनौठो मान्छे म

by radio
खाडीको कामदारदेखि सिडिओ सम्मको यात्रा
साहित्य / ब्लग

खाडीको कामदारदेखि सिडिओ सम्मको यात्रा

by radio
Next Post
यी हुन आँप खानुको फाईदा

यी हुन आँप खानुको फाईदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

इटहरी खानेपानीको मतगणना सम्पन्न ,को को भए निर्वाचित ? (नामावली सहित) 

इटहरी खानेपानीको मतगणना सम्पन्न ,को को भए निर्वाचित ? (नामावली सहित) 

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.