
फाल्गुन १०, २०८०,
चालु आर्थिक वर्षको सात महिनामा आयात २।३१ प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो ।
सात महिनामा ८ खर्ब ९७ अर्बको वस्तु आयातगत आर्थिक वर्षको सोही अवधिमा ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँको वस्तु आयात भएको थियो । सात महिनामा सबैभन्दा बढी ७७ अर्ब ४१ करोड ९८ लाख रुपैयाँ बराबरको डिजेल आयात भएको छ । पेट्रोल ३८ अर्ब ८२ करोड ६३ लाख रुपैयाँको आयात भएको विभागले जनाएको छ ।चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ७ प्रतिशतले निर्यात घटेको छ । चालु आर्थिक वर्षको सात महिनामा ८६ अर्ब ८३ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा ९३ अर्ब ४३ करोड रुपैयाँमा वस्तु निर्यात भएको थियो ।विभागका अनुसार सात महिनामा सबैभन्दा बढी कार्पेट र अलैंची निर्यात भएको छ । साउनदेखि माघसम्म ६ अर्ब ७ करोड रुपैयाँ बराबरको कार्पेट निर्यात भएको छ । अलैंची ४ अर्ब ४४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।