बुधबार, १७ जेठ २०८०
भोजपुर जिल्ला आमचोक गाउँपालिका वालंखामा राजश्व शाखा र सेवा केन्द्र शाखाबाट अनलाईन राजश्व सफ्टवेयर तथा पञ्जीकरण सम्बन्धी तालिम सम्पन्न भएको छ । गाउँपालिकाबाट वडा सचिवहरुलाई राजश्व सफ्टवेयर तथा अनलाईन घटना दर्ता र सामाजिक सुरक्षा सम्बन्धि तिन दिने अभिमुखिकरण तालिम सञ्चालन गरिएको हो । जेष्ठ १४ बाट सुरु गरिएको ३ दिने अभिमुखिकरण तालिम १६ गते सम्पन्न भएको हो । गाउँपालिकाका वडा सचिवहरुको उपस्थितिमा सम्पन्न तालिममा अनलाईन राजश्व संकलन सम्बन्धी र पञ्जीकरण सम्बन्धी कार्यशाला भएको थियो । तालिम पश्चात सबै वडाहरुमा अनलाईन सफ्टवेयरबाट राजश्व संकलन हुने भएको छ । हस्तलिखित झन्जटिलो प्रकृयाबाट मुक्ति पाउन सफ्टवेयर मार्फत् राजश्व संकलन गर्न लागिएको हो ।

सोही अवसरमा पञ्जीकरण सम्बन्धी पुनर्ताजकी तालिम पनि सञ्चालन गरिएको थियो । उक्त समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष अशोक राईले प्रविधिको विकासक्रमसँगै बदलिदो समायानुकुल परिवेश अनुसार परिस्कृत हुनु आजको आवश्यकता भएको बताउनुभयो । ‘समयले मानिसलाई डोर्याईरहेको छ हामी पछ्याइरहेका छौँ। हिजोको जीवनशैली जुन अवस्थाले चलिरहेको थियो तर अहिले आएर त्यसरी मात्रै जीवनशैली चलाउन सकिदैन तसर्थ अव प्रविधिमैत्री हुनै पर्छ । आमचोक गाउँपालिकामा पनि राजश्व सम्बन्धीको काम सफ्टवेयर मार्फत सहज एवम् प्रभावकारी ढंगबाट कार्य गर्ने पालिकाले उद्धेश्य लिएको छ। यो तालिमले गाउँपालिकाको लक्ष्य भेट्न मद्धत गर्नेमा मा बिश्वस्त छु’ उहाँले भन्नुभयो । अध्यक्ष राईले सो प्रयोजनका लागि आउन सक्ने उपकरण सम्बन्धी समस्यालाई समाधान गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रमको सहजिकरण सेवा केन्द्र प्रमुख महेश राई र राजश्व शाखा प्रमुख केशर श्रेष्ठले गर्नुभएको थियो । समापनका कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अशोक राई र प्रमुख प्रशासकीय अधिकृत धन कुमार राई तथा प्रशासन शाखा प्रमुख राजेश राईको उपस्थिति रहेको थियो
