
बिहिबार, फाल्गुण २५, २०७९
राष्ट्रपतिमा नेपाली काङ्ग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।बिहीबार संघीय संसदमा भएको निर्वाचनमा २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएर पौडेल निर्वाचित भएका हुन् ।
एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले संघीय सांसदबाट ९६ र प्रदेश सांसदबाट १६२ मत ल्याउँदै पराजित भए ।पौडेलले ३३ हजार ८०२ मतभार पाउँदा नेम्वाङले १५ हजार ५१८ मत भार पाए ।पौडेललाई नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको सांसदले मतदान गरेका थिए ।