
बुधबार, चैत्र २९, २०७९
नेपालका सामुदायिक रेडियोहरूको छाता सङ्गठन सामुदायिक रेडियो प्रसारक संघ ९अकोराब० नेपाल र भारतका सामुदायिक रेडियोहरूको सङ्गठन ९सीआरए० बीच सहकार्य गर्ने सहमति भएको छ ।लतिपुरस्थित अकोराबको कार्यालयमा सामुदायिक रेडियोको दिगोपनका लागि नेपाल र भारतका सामुदायिक रेडियोबीचमा गर्न सकिने सहकार्यको छलफलपछि अकोराबका अध्यक्ष अर्जुन गिरी र भारतका सामुदायिक रेडियोहरुको सङ्गठन सीआरएका अध्यक्ष डा। ब्रिजेन्द्र सिंह पवाँरले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।भारतका सामुदायिक रेडियोहरूको सङ्गठनका अध्यक्षलगायत तीन सदस्यीय प्रतिनिधि मण्डललाई अकोराबले स्वागत गरेको थियो ।स्वागत मन्तव्य राख्दै सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष गिरीले नेपालमा सामुदायिक रेडियोको इतिहास भारतको भन्दा लामो भए पनि सामुदायिक रेडियोको स्पष्ट नीति बनिनसकेको बताउनुभयो ।नेपाल र भारतका सामुदायिक रेडियोले गर्दै आएका राम्रा अभ्यास र चुनौतीका बारेमा आगामी दिनमा अनुभव आदानप्रदान गर्न सके सिकाइ हुने उहाँको धारणा थियो ।सीआरएका अध्यक्ष पवाँरले नेपालका सामुदायिक रेडियोबाट भारतका सामुदायिक रेडियोले धेरै सिक्न सक्ने भएकाले दुई देशका सङ्गठनबीच सिकाइ आदानप्रदानका लागि सहकार्य हुनुपर्ने बताउनुभयो ।

भारतीय प्रतिनिधि मण्डललाई सामुदायिक रेडियो प्रसारक संघ एवं सीआईएनका व्यवस्थापक दीपक आचार्यसहितको टोलीले सामुदायिक रेडियोहरुको अवलोकन भ्रमण गराएको थियो ।सीआएको प्रतिनिधिमण्डलले काभ्रेको बनेपामा रहेको सामुदायिक रेडियो प्राईम एफएम र भकुण्डेबेसीमा रहेको रेडियो रोशीको भ्रमण गरेको छ ।रोडियो प्राईमका अध्यक्ष एवं धुलिखेल नगरपालिकाकाका प्रमुख अशोक बेन्जु र रेडियो रोशीका संस्थापक अध्यक्ष एवं रोशी गाउपालिकाका प्रमुख दिनेश लामाले पनि सीआरए र सामुदायिक रेडियो प्रसारक संघबाट पुगेका प्रतिनिधि मण्डललाई स्वागत गर्दै, स्थानीय पालिकाले रेडियोलाई सहयोग गरिरहेको जानकारी गराउनुभयो ।