Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home विविध

इटहरी उपमहानगरपालिकामा अनलाइनबाट नक्सा पास गर्न सकिने सुविधा सुरु

radio by radio
३ वर्ष अगाडि
in विविध, समाचार, स्थानीय तह
0
इटहरी उपमहानगरपालिकामा अनलाइनबाट नक्सा पास गर्न सकिने सुविधा सुरु
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

शुक्रबार, १५ वैशाख २०८०

इटहरी उपमहानगरपालिकाले अनलाइनबाट नक्सा पास गर्न सकिने सुविधा सुरु गरेको छ ।उपमहानगरले ‘पेपरलेस’ अवधारणा अनुसार इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम ९ईबीपीएस० कार्यान्वयनमा ल्याएको हो ।
छिटो–छरितो सेवा प्रवाहको साथै नगरवासीको सहजता र भवन निर्माण मापदण्डलाई थप प्रभावकारी बनाउन नक्सा पासलाई अनलाइन प्रणालीमा लगिएको नगरप्रमुख हेमकर्ण पौडेलले बताभयो ।सबैभन्दा बढी नयाँ घर थपिने इटहरीमा अब अनलाइनबाटै घर नक्सा हुन्छ,’ पौडेलले भन्नुभयो, ‘विद्युतीय प्रणालीबाट नक्सा पास गराउँदा सम्बन्धित व्यक्ति सेवा लिनको लागि लाइनमा बस्न र फाईल बोकेर दौडिरहन पर्दैन ।’उहाले आर्थिक वर्ष ०८०र८१ भित्रमा नगरलाई पेपरलेस ९कागजबिहीन० बनाउने लक्ष्य राखेको बताउनुभयो।
उहाका अनुसार विद्युतीय प्रणालीबाट नक्सा पास गराउँदा कागजपत्रहरू सुरक्षित रहने तथा नगरलाई पनि तथ्यांक राख्न र जुनसुकै बेला खोज्न पनि सहज हुनेछ ।समयको माग, भवनसंहिता पालना र नक्सा बनाउने प्रक्रिया पारदर्शी गराउँदै इटहरीलाई ‘स्मार्टरू’ सहरको रूपमा विकास गर्ने योजना अन्र्तगत अनलाइन नक्सा पास प्रणाली थालिएको नगर प्रमुख पौडेलको भनाइ छ । पहिलो पटक इटहरीबाट अनलाइनबाटै नक्सा पास गर्ने इटहरी १ का आशिष कार्कीलाई सम्मान समेत गरिएको छ ।
यो प्रणालीअनुसार घरनक्सा दर्तादेखि सम्पन्न प्रमाणपत्र दिनेसम्मका सम्पूर्ण काम अनलाइनबाट हुने इञ्जिनियर कैलाश तिम्सिनाले बताउनु भयो । यसले सेवा प्रवाहमा हुने ढिलासुस्ती र बाहनाबाजीलाई निरुत्साहित गराउने उपमहानगरपालिकाको विश्वास छ ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

यसरी हुन्छ अनलाइन नक्सा पास

प्राविधिकहरूका अनुसार इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम ९ईभीपीएस० कम्युटर सफ्टवेयरमा नक्सा पास गर्न कहाँ–कहाँ जाने भनेर ‘अप्सन’ र अप्सनमा विभिन्न डेस्क राखिएका हुन्छन् ।
ती डेस्कमा चरणबद्ध रूपमा गएपछि नक्सा पास गर्ने प्रक्रिया पूरा हुन्छ । प्रारम्भमा इजाजत प्राप्त व्यक्ति वा कन्सल्टेन्टलाई उपलब्ध गराइएको प्रोग्रामको–युजर आईडी र पासवर्ड’ अनुसार नक्सा पास गर्न चाहिने जग्गाको लालपुर्जा, नागरिकता, फोटो, सम्पत्ति कर तिरेको रसिद, नापीनक्सा जस्ता घरजग्गासँग सम्बन्धित आवश्यक कागजपत्र स्क्यान गरेर सबै फाइल ‘एटयाच’ गरी पठाइन्छ ।
डिजाइन डेस्कबाट डकुमेन्ट रजिष्ट्रेशन डेस्कमा आइपुग्छन् । जसमा लालपुर्जा, जग्गाको कित्ता नम्बर लगायत इञ्जिनियरले जाँच गर्छन् । यसपछि इञ्जिनियरले टेक्निकल डेस्कमा पठाउँछन् ।
जुन डेक्समा डिजाइन, भवन मापदण्ड तथा भवनसंहिता पूरा गरेको÷नगरेको हेरिन्छ । सबै ठीक भएपछि ‘एक्ज्युकेटिभ डेस्क’ मा पठाइन्छ जसमा छुटपुट छ वा छैन भनेर जाँच गरिन्छ ।
प्राविधिकहरूका अनुसार यदि तोकिए अनुसारको मापदण्ड पूरा भएको छैन भने सफ्टवेयरलाई त्यसलाई सपोर्ट गर्दैन ।यसपछि ‘रेभिन्यु डेस्क’ हुँदै राजस्वमा गएपछि विधिवत दर्ता भई वडा डेस्कमा जान्छ । वडा डेस्कमा पुगेपछि १५ दिने सूचना टाँस गरी सँधियारको दावी विरोध, प्राविधिकबाट नक्सा अनुसारको फिल्ड लगायत जाँच गरिन्छ । यी सबै प्रक्रिया पूरा गरी अन्तिम घर सम्पन्न प्रमाणपत्र दिनेसम्मका काम अनलाइन प्रणालीबाटै हुन्छ ।यो सफ्टवेयर प्रयोग गरी सेवाग्राहीले आफ्नो निवेदन र इन्जिनियरले बनाएको घर नक्साको डिजाइन अनलाइनमार्फत् नक्सा शाखामा पठाउन सक्नेछन् । त्यसपछि प्रक्रिया पूरा गरी नगरपालिकाले अनलाइनबाटै निवेदन स्वीकृत गर्नेछ ।

सबै कागजपत्र पुगेका मितिले २० दिन भित्रमा नक्सा पास हुने बताइएको छ

Previous Post

एसीसी प्रिमियर कप : कतारमाथि जित निकाल्दै नेपाल बन्यो समूह विजेता

Next Post

प्रेसले समाजलाई सकारात्मकतातिर डोर्‍याउनुपर्छ : मन्त्री शर्मा

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
प्रेसले समाजलाई सकारात्मकतातिर डोर्‍याउनुपर्छ : मन्त्री शर्मा

प्रेसले समाजलाई सकारात्मकतातिर डोर्‍याउनुपर्छ : मन्त्री शर्मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

हरितालिका तीज : आज दर खाने दिन !

हरितालिका तीज : आज दर खाने दिन !

आज केहि प्रदेशहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावन

आज केहि प्रदेशहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावन

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.