
बुधबार, बैशाख २०, २०८०
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासंघले गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले समाजमा नकारात्मकता बढ्दा खराब मनसाय बोकेका पात्रहरू स्थापित भइरहेकाले प्रेसले समाजलाई सकारात्मकतातर्फ डोर्याउनुपर्ने े बताउनुभएका छ ।समाज नकारात्मकतातिर गइरहेको छ, जसले गर्दा नकारात्मक पात्रहरू स्थापित भइरहेका छन् । प्रेसले समाजलाई सकारात्मकतातर्फ डोर्याउनुपर्छ‚’ उहाले भन्नुभयो । प्रेस स्वतन्त्रताको विषयमा सरकार प्रतिबद्ध रहेको भन्दै मन्त्री शर्माले आगामी दिनमा प्रेस थप जिम्मेवारी बोध गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएका छ ।
त्यस्तै मन्त्री शर्माले प्रेस स्वतन्त्रताको प्रत्याभूतिमा देखिएका डिजिटललगायतका चुनौती कम गर्न साइबर सुरक्षा नीति, साइबर सचेतनाका कार्यक्रममा पनि सरकार गम्भीर रहेको समेत प्रस्ट पार्नुभएको छ । सन् १९९३ मा भएको संयुक्त राष्ट्रसङ्घीय साधारणसभाको घोषणापछि युनेस्कोको आह्वानमा हरेक वर्ष ३ मे का दिन नेपालसहित विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ ।



